तुलसी घिमिरेसंग बोल्न अहिले पनि नर्भस हुन्छु: पुष्पल खड्का (भिडियो)



रंग खबर, काठमाडौँ | सुदूरपश्चिमेली  सुन्दर खाइलाग्दा मोडेल हुन्, पुष्पल खड्का । थुप्रै म्युजिक भिडियो गरेर चर्चासंगै  फ्यान कमाएका पुष्पल अब छिट्टैनै फिल्ममा पनि देखिदैछन् ।

Capture

हुनत पुष्पलले फिल्म ‘अझै पनि’मा सह-अभिनेताको रुपमा काम गरिसकेका छन् । तर, लिड रोलमा भने तुलसी घिमिरे निर्देशित ‘दर्पण छायाँ २’बाट दर्शक माझ औदैछन ।

यिनै अभिनेताले रंग खबरको जम्काभेटमा आफ्ना केहि कुरा साटेका छन् । ‘दर्पण छायाँ २’ छायांकनको काम सकेर अहिले सम्पादन कक्षमा रहेको छ । तर, लामै समय तुलसी घिमिरेसंग समय बिताएपनि अहिलेसम्म तुलसीसंग बोल्दा डराउने र नर्भस हुने गरेको बताएका छन् ।

बाल्यकालमा तुलसीका फिल्म हेर्ने गर्ने मान्छेले आज वहाँसंग काम गर्न पाउनुनै ठुलो कुरा रहेको बताएका छन् । ‘दर्पण छायाँ २’मा अलनेपाल रिलिज हुदैछ ।

हेर्नुस पुष्पलसंगको रंगखबर जम्काभेट:-

प्रतिक्रिया दिनुहोस्