‘सायद २’ अफिसियल रिलिज डेट तय | विदेश राइट ४९ लाखमा बिक्रि



रंग खबर, काठमाडौँ | दुर्गिस फिल्मसको चौंथो प्रोजेक्ट ‘सायद २’को अफिसियल रिलिज डेट तय भएको छ । निर्मात्री दुर्गिश थापाको जन्मदिन छेकोमा फिल्मलाई चैत ४ गतेलाई व्यवसायिक प्रदर्शन मितिको रुपमा निश्चित गरिएको हो ।

sayad2-in

 

एसएलसी परिक्षाभन्दा दुई साता अघि नै डेट निर्धारण गरिएको निर्माता सुनिल रावलले बताए । ‘एसएलसीलाई मध्यनजर राख्दै डेट तोकेका छौं’ रावलले भने, ‘टीनएज लक्षित फिल्म भएकाले पनि उक्त मिति हाम्रा लागि सान्दर्भिक हुनेछ ।’

फिल्ममा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, निशा कार्की, सुनिल रावलको मुख्य भूमिका छ । फिल्मलाई पुष्पराज न्यौपाने निर्देशन गरेका हुन् ।

15354074_1435595709791775_1299393287_o

साथै दुर्गिश फिल्मसले फिल्मको अन्तराष्ट्रिय रिलिज मिति र राइट विक्रीबारे पनि उल्लेख गरेको छ । नमस्ते इन्टरटेनमेन्टलाई अष्ट्रेलिया राइट १६ लाखमा विक्री गरिएको रावलले बताए ।

जापानमा सुवास लामिछानेलाई ८ लाख, न्यूजिल्यान्डमा विक्की प्रधानलाई १ लाख, क्यानडामा सुजन कुवँरलाई २ लाखमा विक्री गरिएको उल्लेख छ । उमेश रावलले अमेरिकाको लागि १६ लाखमा राइट खरिद गरेका छन् ।

पोर्चुगलमा शान्ता रुम्बाले २ लाख, हङकङमा प्रवेश गुरुङले ४ लाखमा राइट खरिद गरेको रावलले बताए । हङकङमा जनवरी २ मा फिल्म प्रिमियर हुँदैछ । ‘थप देशमा विक्री हुँदैछ’ उनले भने ।

आइतबार जन्मदिन परेकी निर्मात्री थापाले दुर्गिश फिल्मस आगामी प्रोजेक्ट लाउरे निर्माणमा जुटेको बताइन् । ‘यसका लागि सबै तयारी पुरा भएको छ र हामी चाँडै फ्लोरमा जानेछौं’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्