प्रेमकथामा बनेको ‘यो साइनो मायाको’ टिजर ट्रेलर रिलिज (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | फिल्म ‘यो साईनो मायाको’को टिजर सार्वजनिक गरिएको छ । यसै बर्ष प्रदर्शनमा ल्याउने तयारी गरिएको फिल्मक टिजरलाई युट्युव मार्फत सार्वजनिक गरेको हो ।

Capture.PNG hu

म्युजिकल टिजरले फिल्म लभ स्टोरी जनराको रहेको बुझ्न सकिन्छ । मञ्जिना मुभी क्रियशनको व्यानरमा बनेको फिल्ममा जतिन ताम्राकार, रेश्मा घिमिरे लिड अभिनयमा छन् भने डिट्ठा सापको रुपमा सानो पर्दामा परिचित किशोर भण्डारी, राजु कमेडी, नवनित राज प्रधान, गौरव खतिवडा, विशाल श्रेष्ठ, प्रजिला थाला, कशिश शर्माको पनि अभिनय देख्न सकिन्छ । फिल्मलाई अरुणकुमार प्रधानले निर्देशन गरेका हुन् ।

Capture

बाबुराम नेपालीले खिचेको फिल्ममा रामकुमार श्रेष्ठ, सुरेश भण्डारी, ज्ञानु रोए,विरोज ताम्राकार निर्मातामा छन् । फिल्मको सम्पादक वनिष शाह हुन् । फिल्ममा संगीत कुन्दन थापा र विकेश के शंकरको छ भने मन्जिना ताम्राकारको कथा रहेको फिल्मको पटकथा निर्देशक प्रधानले लेखेका छन् ।

Watch Here Trailer:-

प्रतिक्रिया दिनुहोस्