रहेनन् हाँस्य कलाकार आरपी भट्टराई |४५ बर्षको उमेरमा छोडे संसार



रंग खबर, काठमाडौँ | चर्चित हाँस्य कलाकार आरपी भट्टराई ‘लाजाराम’को ४५ बर्षको उमेरमा निधन भएको छ । मधुमेह र उच्च रक्तचाप बिरामी आरपीलको  बिहिबार राति निधन भएको अनुमान गरिएको छ ।

maxresdefault

बिराटनगरस्थित बिहिबार राति फुपुको घरमा खाना खाएर सुतेका आरपी बिहानसम्म पनि नउठेपछी, ढोका खोलेर हेर्दा मृत अवस्थामा फेला परेको हाँस्य कलाकार दिपाश्रीले बताएकी छिन् ।

आरपी ‘तितो सत्य’का कलाकार हुन् । केहि फिचर फिल्ममा समेत अभिनय गरेका आरपी अभिनित ‘छक्का पन्जा’ अहिले प्रदर्शनरत छ । आरपीका श्रीमती र २ छोराहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्