फ्राइडे रिलिजमा ‘सेतो सुर्य’ र ‘पार्सल’ | पढ्नुस सर्ट प्रिभ्यु



रंग खबर, काठमाडौँ | यो साता नेपाली दुई फिल्म सार्वजनिक प्रदर्शनमा आएका छन् । ‘सेतो सुर्य’ र ‘पार्सल’ यो साताका फ्रेस फिल्म हुन् ।

15034831_1802475520024617_269799709411901440_n

पार्सल: रबिन श्रेष्ठ निर्देशित फिल्ममा किशोर खतिवडा, बिक्रम सिंह, प्रभु श्रेष्ठ, प्रेसिका निरौला, निता ढुंगाना, मनोज शाक्य, प्रेम सुब्बाले अभिनय गरेका छन् । गोविन्द राईको कोरियोग्राफी रहेको फिल्मलाई युबराज राईले खिचेका हुन् । सामाजिक कथा बोल्ने फिल्मलाई दक्चेकुमार राईले निर्माण गरेका हुन् ।

a-11

सेतो सुर्य: दीपक रौनियार निर्देशित फिल्ममा दयाहाङ राई, आशा एम.मगराती, रविन्द्र सिंह बानिया, सुमी मल्ल, अमृत परियारका कलाकारले अभिनय गरेका छन् ।

भर्खरै मात्र सिंगापुर फिल्म फेस्टिभलमा बेस्ट फिल्मको उपाधि जितेको ‘सेतो सुर्य’को बिहिबार किम्फ फिल्म फेस्टिभलमा प्रिमिएर गरिएको थियो । प्रिमिएरमा फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो । फिल्मले द्वन्दकालको कथाबस्तुलाई उठान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्