आनन्द कार्की र संजीवनीको स्वरमा ‘सुनसान रात’को भिडियो सार्वजनिक



रंग खबर, काठमाडौँ | केहि साता अघि मात्र गायक आनन्द कार्कीले आफ्नो सोह्रौ एल्बम ‘लभ यू फरेभर’ बजारमा ल्याए । बिशेष गरि गजल गायनमा रुचाईएका गायक कार्कीको उक्त एल्बममा समावेश अर्को गजलगीत ‘सुनसान रात’को भिडियो यतिबेला युट्युबमा सार्बजनिक भएको छ ।

hghgj

उक्त गीतमा आनन्दलाई गायनमा गायिका संजीवनीले पनि साथ दिएकी छिन । गीतमा जवानीका मायाप्रेमका कुरालाई बृद्ध अवस्थामा पुगेका दुई जोडीले सम्झिने प्रयास गरेका छन् । गीतको भिडियोलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन् । भिडियोमा अनिल थापा र प्रियंका एमभिको अभिनय छ ।

Capture

शेर्पिनी कान्छीको शब्द रहेको गीतमा सिखर सन्तोसको संगीत छ । भिडियोलाई रामकुमार केसी र सुदिप बरालले खिचेका हुन्, भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । आनन्द इन्टरटेनमेन्टले गीतको अडियो/भिडियो तयार गरेको हो । भिडियोलाई आनन्द कार्कीले आफ्नै युट्युब च्यानलबाट हालेका छन् ।

jhjg

Watch here Song:-

प्रतिक्रिया दिनुहोस्