मन छुने दृश्यले भरिभराउ ‘तुइन’ शिर्ष गीत सार्वजनिक (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | उत्सबप्रसाद थपलिया निर्देशित फिल्म ‘तुइन’को शिर्ष गीत सार्वजनिक गरिएको छ । केहि महिना अगाडी सार्वजनिक टिजरबाट प्रसंशा पाएको ‘तुइन’को गीत पनि मन छुने बनेको छ ।

Capture

निर्माण टिमले सामाजिक सञ्जाल युट्युव मार्फत फिल्मको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा गोरखा र धादिङबासीहरुले त्रिसुली नदिको वारपार गर्दा पर्योग गर्दै आएको तुईनको पीडाभाव अनि यथार्थता बोलेको छ ।

ghgh

गीतका शब्द मार्मिक लाग्छन, गीत अनुसारको  खिचाई र लोकेशनले भिडियो हेर्नलायक बनेको छ । गीतमा खिचिएका कुनै कुनै दृश्य मन छुने खालका छन् ।

klknj

गीतमा स्वर पुष्पन प्रधानले दिएका छन् भने उनलाई भोकलमा साथ कृति नेपाली, दीपा महर्जन, रानीसोभा महर्जनले साथ दिएका छन् । गीतको शब्द तथा संगीत सुरेश अधिकारीको हो ।

kjhjhj

फिल्ममा प्रिशा श्रेष्ठ, सुरज थापा, परिक्षितबिक्रम राना, सृजना उप्रेती, विशाल डोटेल, श्याम खड्का, चिराग थपलिया, नेहा पोखरेल,  न्यन्सा लगायतको अभिनय रहेको छ । फिल्मको कथा मोहन गेलालको हो । फिल्मलाई यहि बर्ष भित्र प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम छ ।

jjh

‘तुईन’ले गोरखा र धादिङबासीले दैनिकी रुपमा खेप्नु परेको तुईनको यथार्थ पीडा बोलेको कुरा निर्माण युनिटले बोलेको छ ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्