भन्सालीको ‘पद्मावती’मा ऐश्वर्याको स्पेसल केमियो हुने | यस्तो छ टिम



रंग खबर, काठमाडौँ | बलिउडका सफल निर्देशक संजयलिला भन्साली अहिले फिल्म ‘पद्मावती’को छायांकनमा व्यस्त छन् । ‘रामलिला’ र ‘बाजिराव मस्तानी’को सफलता पछी बन्न लागेको ‘पद्मावती’ प्रतिक्षित बनेको छ ।

Capture

स्टारकास्टका कारण पनि चर्चामा रहेको ‘पद्मावती’मा रणवीर सिंह, दिपिका पादुकोण, साहिद कपूर, अदिति राव हेदारी मुख्य भूमिकामा छन् ।

अब फिल्मका लागि ऐश्वर्याराई बच्चनको नाम पनि जोडिएको छ । खबरका अनुसार ऐश्वर्या फिल्ममा स्पेसल केमियोमा देखा पर्नेछिन । फिल्ममा ऐश्वर्याको एक आइटम नम्बर हुनेछ, जसमा साथ दिपिका पादुकोणले दिनेछिन ।

madhuri-dixit-and-aishwarya-dola-re

भन्सालीको ‘देवदास’को ‘डोला रे’ गीतमा ऐश्वर्या र माधुरी दिक्षितले संगै नाचेका थिए भने ‘बाजिराव मस्तानी’को ‘पिंगा’मा दिपिका र प्रियंका नाचेका थिए । जुन गीतले बलिउडका लागि सदाबहार गीत संज्ञा पनि पाएका थिए ।

priyanka-chopra-and-deeopika-padukone-in-new-song-pinga-201511-626498

ऐश्वर्याले संजयका ‘देवदास’, ‘हम दिल दे चुके सनम’ र ‘गुजारिस’मा समेत अभिनय गरिसकेकी छिन । फिल्मलाई आगामी बर्षको नोभेम्बर १७मा रिलिज गर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्