रिलिज मिति हेरफेर गर्दै ‘सायद २’को कभर गीत प्रतियोगीता आव्हान



रंग खबर, काठमाडौँ | दुर्गिस फिल्मसको चौंथो प्रोजेक्ट ‘सायद २’को लागि कभर गीत प्रतियोगिता आव्हान गरिएको छ । ‘सायद’को शिर्ष गीतको लिरिकल भिडियो दुर्गिस फिल्मसको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गर्दै शिर्ष गीतको लागि कभर गीत प्रतियोगिता आव्हान गरिएको हो ।

15317884_1359302544103909_7026236643129491227_n

 

अब प्रतियोगीतामा भाग लिन चाहनेहरुले ‘सोचाइ हेर…’ बोलको गीत आफनै भर्सनमा गाएर प्रतियोगीतामा सहभागी हुन् पाउनेछन ।

प्रतियोगितामा बिजेता हुनेको गीत ‘सायद २’को लागि समावेश हुनेछ ।  नगत रु ५० हजार पनि जित्नेछन् ।

दुर्गिश फिल्मसको अफिसियल फेसबुक पेज अथवा [email protected] मा पठाउनु पर्नेछ ।  दुर्गिस थापाले निर्माण गरेको फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् ।

फिल्ममा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, निशा कार्की, सुनिल रावलको मुख्य भूमिका रहेको छ ।

रिलिज डेटमा हेरफेर:-

साथै टिनएज लक्षित फिल्मले पूर्व घोषित रिलिज मितिमा हेरफेर गरेको छ । चैत ४ मा प्रदर्शनमा आउने भनेको फिल्म अन्तत आगामी बर्षको जेठ पहिलो साता प्रदर्शन हुने भएको छ । चैत पहिलो साताबाट एसएलसी परिक्षा हुने भएकोले र बैशाखबाट प्लस-२ को परिक्षा सुरु हुने भएपछी, आफ्ना लक्षित दर्शकलाई मध्यनजर गर्दै फिल्मले रिलिज मितिमा हेरफेर गरेको हो ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्