आयशा टाकीयासंग विल्सनबिक्रमले स्क्रिन सेयर गर्दै



रंग खबर, काठमाडौँ । बलिउड अभिनेत्री आयशा टाकीयासंग नेपाली हाँस्य अभिनेता विल्सनबिक्रम राईले स्क्रिन सेयर गर्ने भएका छन् । छायांकन सेटबाट सार्वजनिक भएका दृश्यले विल्सन आयशासंग छायांकनमा व्यस्त भएको भान हुन्छ ।

Capture

नाम नखुलाएको बालमनोवैज्ञानिक फिल्मलाई नव-निर्देशक आशुतोष वाराणले निर्देशन गर्दैछन । फिल्ममा विल्सनका पन्ध्र दृश्य हुने बताइएको छ ।

wilson-and-aayasha-1

र, फिल्मका लागि विल्सनलाई दश दिनको समय छुट्टयाइएको छ । नेपाली थुप्रै फिल्ममा काम गरिसकेका विल्सनको कथामा ‘खासखुस’ टेलीसिरियल युट्युवमा प्रदर्शन हुदै आइरहेको छ ।

२००४ मा ‘टार्जन’बाट बलिउडमा इन्ट्री गरेकी आयशाले ‘वान्टेड’, ‘दिल मागे मोर’, ‘सलाम ए-इस्क’ लगाएतका फिल्ममा अभिनय गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस्