‘छड्के’ पछी १७ लाख पारिश्रमिक लिएर निगम ‘लाउरे’का लागि अनुबन्धित



रंग खबर, काठमाडौँ | दुर्गिस फिल्मसले निर्माण गर्ने आगामी प्रोजेक्ट ‘लाउरे’का लागि निर्देशक निगम श्रेष्ठलाई महँगो पारिश्रमिकमा अनुबन्धित भएका छन् । निगम फिल्म ‘छड्के’ पछी ‘लाउरे’का लागि निर्देशनमा फिर्न लागेका हुन् ।

15577755_1281862135221648_330567087_n

निर्माता सुनिल रावलका अनुसार निगम श्रेष्ठलाई १७ लाख पारिश्रमिकमा अनुबन्धित गरिएको हो । ‘लाउरे’को स्क्रिप्ट एकदमै मन परेर महँगो पारिश्रमिकमा निर्देशक निगमलाई फिल्ममा अनुबन्ध गरेको निर्माता सुनिलले बताए ।

‘लाउरे’का लागि सुनिलले मंगोलियन अनुहारलाई प्राथमिकता दिएका छन् । फिल्मका लागि अनुरुपबिक्रम सिंह थारु र सुमन चित्रकार फाइनल भएका छन् ।

15555774_1281862151888313_1500152140_n

फागुन दोस्रो साता देखि छायांकनमा उत्रने फिल्मको अन्य टिम केहि दिनमा सार्वजनिक गर्ने निर्माण युनिटले बताएको छ । दुर्गिस फिल्मसको चौंथो प्रोजेक्ट ‘सायद २’ आगामी जेठको दोस्रो सातामा प्रदर्शनमा आउने तयारिमा छ ।

प्रतिक्रिया दिनुहोस्