डेब्यु फिल्मको सिक्वेलमा निखिल पनि |यी कलाकारले पनि गर्न भ्याए डेब्युको सिक्वेल



रंग खबर, काठमाडौँ | पछिल्लो समय पुराना हिट फिल्मको नाम पैंचो लिएर सिक्वेल निर्माण गर्ने परिपाटी नेपाली फिल्म क्षेत्रमा बाक्लिएको छ ।

maxresdefault (2)

बर्षमा दर्जन जति फिल्मका सिक्वेलनै बन्न थालेका छन् । फिल्मको सिक्वेल बनाउने परिपाटी त त्यति नयाँ चै होइन । तर, पछिल्लो समय केहि नाम चलेका र स्टारडम भएका कलाकारले आफ्ना डेब्यु फिल्मलाई सिक्वेलमा रुपान्तरण गरेर चर्चामा आउने दाउमा छन् ।

नेपाली फिल्म क्षेत्रमा ब्रेक लिएर फेरी उदाएका अभिनेता निखिल उप्रेतीलाई स्टारडम भएका अभिनेतामा गनिन्छ । कमब्याकसंगै फिल्ममा अत्याधिक ब्यस्त निखिल अब आफ्नो डेब्यु फिल्म ‘पिंजडा’को सिक्वेलमा देखिने भएका छन् । संचार माध्यमहरुमा समाचार आइरहदा निखिलले गर्ने उक्त फिल्मको नाम ‘पिँजडा ब्याक अगेन’ हुनेछ । ‘पिंजडा’बाटै निखिलले पहिलो पटक फिल्म क्षेत्रमा पाइला चलेका थिए । जुन फिल्म बक्सअफिस हिट संगै दर्शकद्वारा पनि रुचाइएको थियो ।

पछिल्लो समय प्रिक्वेलको भार सिक्वेलले थाम्न नसकिरहेको अवस्थामा निखिलको ‘पिँजडा ब्याक अगेन’ले कस्तो नतिजा प्रकाशित गर्छ, त्यो त पछीको कुरा हो । केहि फिल्मलाई मात्र छोडेर हेर्ने हो भने, पछिल्लो समय धेरै फिल्मका सिक्वेल बक्सअफिस र समिक्षामा कमजोर देखिएका छन् ।

तर, सिक्वेल बनाउनेको लहर भने रोकिएको छैन । आज हामि तपाइँहरुलाई डेब्यु फिल्मको सिक्वेलमा काम गरेका कलाकारको बारेमा जानकारी दिन्छौ । जसको नतिजा यस्तो आएको थियो । निखिल बाहेक अन्य कुन कलाकारले आफ्नो डेब्यु फिल्मको सिक्वेल छोडेनन् त ?

रेखा थापा: केहि महिना अघि मात्र रेखा थापाले आफ्नो डेब्यु फिल्म ‘हिरो’को सिक्वेलमा काम गरिन । होम प्रोडक्सनको मात्र फिल्म खेल्ने भनेर उद्घोष गरेकी रेखा अन्तत आफ्नो डेब्यु फिल्मको सिक्वेल ‘हिरो रिटन्र्स’को प्यास मेटाएरै छोडिन ।  जुन फिल्मलाई अभिनेता सबिन श्रेष्ठले बनाएका हुन् । ‘हिरो’बाट नेपाली फिल्ममा पाइला चालेकी रेखालाई फिल्म क्षेत्रको ‘हिरो’नै मानिन्छ । अभिनेत्रीका हिसाबमा रेखालाई नेपालीकी पहिलो स्टारडम भएकी अभिनेत्रीको रुपमा पनि हेरिन्छ ।

heroh dbdbc

पोस्ट प्रोडक्सनमा रहेको ‘हिरो रिटन्र्स’ले रेखालाई कस्तो उचाई दिन्छ, त्यो त रिलिज पछी नै थाहा हुनेछ । ‘हिरो रिटन्र्स’को प्रदर्शनसंग रेखाको स्टारडमको कुरा जोडिएर भने अवश्यनै आउनेछ ।

राजेश हमाल: ‘युग देखि युग सम्म’बाट नेपाली फिल्ममा इन्ट्री गरेका अभिनेता राजेश हमाललाई नेपाली फिल्ममा लामो समय फिल्म क्षेत्रमा टिकिरहने अभिनेताको रुपमा चिनिन्छ । राजेशले पनि आफ्नो डेब्यु फिल्मको सिक्वेल ‘द युग देखि युग सम्म’मा अभिनय गरेका थिए । राजेश हमाललाई १६ बर्षे युवकको रुपमा देख्न पाइन्छ भनेर हल्ला गरिएको उक्त फिल्मले बक्सअफिसमा त्यति तहल्का पिट्न भने सकेन । साथै समिक्षकको नजरमा पनि परेन । सिक्वेलले राजेशको करियर उभो भन्दा पनि उधो तिर धकेलिदियो ।

yug dekhi

सुशील छेत्री: अभिनेता सुशील छेत्रीले फिल्म ‘आगो’बाट नेपाली फिल्मलाई इन्ट्री गरेका थिए । त्यतिबेलाको समयमा तहल्कानै पिटेको ‘आगो’ बक्सअफिसमा पनि हिट भयो । समिक्षकको आखाँले पनि फिल्मलाई हेर्यो । त्यसपछी चर्चामा रहेका सुशील नेपाली फिल्मबाट हराए । लामै समय पछी कमब्याक स्वरूप आफ्नो डेब्यु फिल्मको सिक्वेल ‘आगो २’बाट दर्शक माझ आए ।  तर फिल्मलाई दर्शकले हेर्न गएनन् । अन्तत, फिल्म बक्सअफिसमा फ्लप सावित भयो । फिल्मको असफलासंगै सुशील फिल्ममा देखा परेका छैनन् ।

aago ggg

प्रतिक्रिया दिनुहोस्