चर्चित स्वरहरुमा सजिएको दिप दर्पणको एल्बम ‘दर्पण’ सार्वजनिक (भिडियो)



रंग खबर, काठमाडौँ । युवा गीतकार दिप दर्पनको पहिलो गीती एल्बम ‘दर्पण’ सार्वजनिक भएको छ । बिहिवार काठमाडौंको प्रज्ञापतिष्ठानमा एक कार्यक्रम गरि एल्बम सार्वजनिक गरिएको हो । एल्बमको सावर्जनिक बरिष्ठ गीतकार एवं कवि दिनेश अधिकारीले गरे ।

15554807_1142798369151104_1115327392_n

सात गीत समावेश एल्बममा राजकुमार बगरे, सन्तोष श्रेष्ठ, हरि डाँगीले संगीत भरेका छन् । एल्बमका गीतमा अन्जु पन्त, प्रमोद खरेल, रजिना रिमाल, दिपक लिम्बु, माण्डवी त्रिपाठी, अंकित न्यौपाने र श्रेयशी चेम्जोङले स्वर भरेका छन् ।

एल्बममा ‘मैले भन्दा माया गर्ने’, ‘फुल्नु भन्दा’, ‘तिमि जुन दिन टाढा’, मेरो आँशुसंग’, ‘मेरो आँशु झर्दा’, ‘लालीगुराँस सुनाखरी ‘ र  फुल्नु भन्दा त’ शिर्षकका गीत समावेश छन । जस मध्यमा ‘फुल्नु भन्दा त’ बोलको गीतको भिडियो पनि तयार भैसकेको छ ।

एल्बम बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत बिन्ध्यावासिनी फाण्डेसन फार्मत अनाश र असहाय बच्चाहरुको सहयोगार्थ उपलब्ध गराईने छ । एल्बमको बजार प्रवद्धन बिन्ध्यावासिनी म्युजिकले गर्ने छ । कार्यक्रममा बिभिन्न गीत–संगीत क्षेत्रमा रुची राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्