डि’ सेलिब्रेटी रनवेमा नेपालका चर्चित ४० बढी कलाकारले र्‍याम्पमा उत्रिने



रंग खबर, काठमाडौँ | पौष १४ गते राजधानीमा डि’ सेलिब्रेटी रनवे हुने भएको छ । जहाँ नेपाली क्षेत्रका चर्चित हस्तीहरुले र्‍याम्प तताउने भएका छन् ।

Bhuwan-KC-height

सेलेब्रेटी रनवेमा भुवन केसी, निखिल उप्रेती, कृष्ण मल्ल, दीपक-दीपा, नाजिर हुसेन, श्रृष्टी श्रेष्ठ, सरोज खनाल, भुवन चन्द, चैत्य देवी, बर्षा राउत, स्वेता खड्का, सञ्चिता लुईँटेल, अनुभव रेग्मी, ऋचा शर्मा, धिरेन शाक्य, सुरक्षा पन्त, पुष्प खड्का लगायतका ४० जना चलचित्रका कलाकारहरु र १० जना नयाँ मोडलहरुको सहभागिता रहनेछ ।

deepa-shree-niraula-4

रनवेलाई पुनम इन्टरटेनमेण्ट र अभिनेत्री गौरी मल्लले संयुक्त आयोजना गरेको यो कार्यक्रमलाई विश्वव्यापी फेशनमा चर्चित वर्ल्ड फेशन परेडले मान्यता दिँदै सहकार्य गरेको कार्यक्रम संयोजक समीर धौगोडाले बताएका छन् ।

Bhuwan-Chanda

रनवेमा चर्चित भारतिय डिजाईनर विशाल कपूर लगायतले आफ्ना अलौकिक डिजाईनहरुको प्रस्तुती दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्