करिना र सैफअलिलाई पुत्र लाभ|२०१२ मा भएको थियो विवाह



रंग खबर, काठमाडौँ । बलिउड सुन्दरी करिना कपूर खानलाई पुत्र लाभ भएको छ । आज बिहान मुम्बईस्थित ब्रेच क्यान्डी हस्पिटलमा सैफअलिको लागि तेस्रो सन्तान दिईन ।

20-1482212264-3kareenalatestphotoshoot

अहिले बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो रहेको बताइएको छ । यस कुराको पुष्टि सैफअलि खान आफैंले गरेका हुन् ।

20-1482212234-kareenakapoor3

सैफ र करिनाले २०१२ मा विवाह गरेका थिए । करिनाको लागि पहिलो सन्तान भएपनि सैफका लागि भने यो तेस्रो सन्तान हो । सैफले अभिनेत्री अमृता सिंह पहिलो विवाह गरेका थिए । अमृताबाट एक छोरा र एक छोरी पहिलेनै सैफका सन्तानका रुपमा थिए ।

प्रतिक्रिया दिनुहोस्