केकी र कर्मा अभिनित ‘लभ सासा’ ट्रेलर रिलिज (हेनुस भिडियो)



रंग खबर, काठमाडौँ | केकी अधिकारी र कर्मा शाक्य मुख्य भूमिकामा अभिनित ‘लभ सासा’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर र एक गीत सार्वजनिक गरियो ।

love sasha rangakhabar 2

प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्मले प्रेमकथा बोल्ने बताए । अघिल्ला फिल्म भन्दा राम्रो बनेको बताउदै श्रेष्ठ फिल्मप्रति आशावादी देखिएका छन् । कार्यकममा फिल्मको एक गीत रुचाइएयो भने ट्रेलरलाई पनि राम्रो भनियो ।

love sasha rangakhabar

फिल्ममा केकी र कर्मासंगै सिवानी चालिसे, रश्मि भट्ट, बिकाश जोशी र आशिफ शाहको पनि अभिनय रहेको छ । फिल्मका निर्माता माधव वाग्ले फिल्म प्रति सकारात्मक देखिए ।

love sasha rangakhabar 3

मेरो फिल्मले १०० दिन पनि होइन, ५१ दिन पनि होइन २१ दिन मनाउछ । तिन हप्ता मात्र राम्ररी चले पनि मज्जाले लगानी उठाउन सक्ने भन्दै निर्माता वाग्लेले ‘छड्के’ र ‘पुरानो डुंगा’को इनिसियल ब्यापारलाई सम्झे ।

love sasha rangakhabar 4

फिल्म यहि पौष २८ मा अलनेपाल रिलिज हुदैछ । फिल्मको युट्युव राइट हाइलाइट्स नेपालले किनेको छ । ट्रेलर लन्च कार्यक्रममा मुख्य कलाकार कर्मा उपस्थित थिएनन ।

Watch Here trailer:-

प्रतिक्रिया दिनुहोस्