रंग खबर, काठमाडौं । नवौं नेफ्टा फिल्म अवार्डमा सहभागि हुन नेपाली फिल्मको जम्बो टोली विहिबार युएईको दुबई सहर प्रस्थान गरेको छ । अपरान्हदेखि सुरु सेलेव्रिटीको उडान मध्यरातसम्मै निरन्तर हुने चलचित्र प्राविधिक संघले जनाएको छ ।
कलाकार, प्राविधिक र मिडिया टोली दुबईका लागि प्रस्थान गरेको हो । शुक्रबार बेलुका हुने अवार्डका लागि नेपालबाट कूल १ सय २० जनाको टोली त्यसतर्फ लागेको नेफ्टा अध्यक्ष पुष्कर लामाले बताए ।
भिन्दा भिन्दै ती टोलीलाई नेफ्टा कार्यसमितिले बिदाइ गरेको छ । तयारी पुरा भएको छ र दुबईको लिजरल्यान्डस्थित आइसरिंकमा अवार्ड भव्य हुने आयोजक कन्सेप्ट भिजनका सुवाससिंह ठकुरी (अनिस)ले बताए ।
राजेश हमाल पत्नी मधुसहित उडेका छन् । करिश्मा मानन्धर, केकी अधिकारी, आर्यन सिग्देलसहित कलाकार, निर्माता, निर्देशक, जुरी दिउँसोको फ्लाइ दुबईको उडानमा प्रस्थान गरेका छन् ।