ऋतिक र फवादलाई पछी पार्दै जियान मलिक एसियाकै सुन्दर पुरुष (टप १० लिस्ट)



रंग खबर, काठमाडौँ | बर्ष २०१६ का लागि एसियाका सुन्दर युवकको उपाधि पाकिस्तानी गायक जियान मलिकको पोल्टामा परेको छ ।

Zayn-Malik-एस्ट्रन आइज म्यागेजिनले निकालेको तथ्यांक अनुसार यो साल पनि उपाधि जियानको पोल्टामा पर्यो । बलिउड अभिनेता ऋतिक रोशन भने यो साल पनि दोस्रो स्थानमै चित्त बुझाउन बाध्य भए ।

fawad_khan_ckzmx

टप टेनको सुचिमा पाकिस्तानी बलिउड अभिनेता फवाद खान तेस्रो स्थानमा रहेका छन् । त्यस्तै चौंथोमा चर्चित टिभी सिरियल ‘सिया के राम’का अभिनेता आशिष शर्मा परेका छन् ।

Capture

पाँचौ स्थानमा सलमान खान रहेका छन्, भने छैटौमा चर्चित टिभी सिरियल अभिनेता बरुण सोब्ती पर्न सफल भएका छन् । बरुणले ‘इस प्यार को क्या नाम दु’, ‘श्रादा’, ‘बात हमारी पक्कि हे’ लगाएतका सिरियलमा अभिनय गरेका छन् ।

55598718a0a5f

सातौमा सहिद कपुर र आठौमा चर्चित टिभी सिरियल स्टार विभेन डिसेना पर्न सफल भएका छन् । विभेनले ‘प्यार कि ये एक कहानी’, ‘मधुवाला’ लगाएतका सिरियलमा अभिनय गरेका छन् ।

सूचिको नावौ र दशौँ स्थानमा बलिउड अभिनेता अलि ज़फ़र र रणवीर सिंह पर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्