नेफ्टा अवार्डमा ‘पशुपति प्रसाद’ र उज्ज्वल घिमिरे उत्कृष्ट



रंग खबर, काठमाडौँ | नेफ्टा अवार्डको नवौं संस्करण दुवईमा सम्पन्न भएको छ । अवार्डमा फिल्म ‘पशुपति प्रसाद’ उत्कृष्ट ठहरिएको छ ।

15697062_1020560964720837_2040006081_oनेफ्टामा ‘पशुपति प्रसाद’ उत्कृष्ट ठहरिदा उत्कृष्ट निर्देशकको अवार्ड भने ‘वडा नम्बर ६’बाट उज्ज्वल घिमिरेको पोल्टामा पर्न सफल भयो । समारोहमा उत्कृष्ट निर्देशकको अवार्ड उज्ज्वल घिमिरेलाई दिएपछी, उत्कृष्ट फिल्मको अवार्ड थाप्न निर्देशक दिपेन्द्र के खनाल स्टेजसम्म पुगेनन् । जसले उत्कृष्ट फिल्म बनाउछ त्यसैलेनै उत्कृष्ट निर्देशकको अवार्ड पाउनेपर्ने भन्दै निर्देशक खनालले अवार्ड बहिस्कार गरेका थिए । अन्त्यमा उक्त अवार्ड थपिदिन निर्माता दिपकराज गिरि स्टेज चढेका थिए ।

15681724_1020561264720807_858714873_oत्यस्तै नेफ्टामा उत्कृष्ट अभिनेताको अवार्ड दयाहाङ राइले ‘कबड्डी कबड्डी’बाट र अभिनेत्रीको अवार्ड नम्रता श्रेष्ठले ‘क्लासिक’बाट पाउन सफल भएका छन् ।

अवार्ड समारोहमा ‘प्रेम गीत’ले सर्वाधिक ६ विधामा अवार्ड पायो । प्रेमकथा श्रेणीको यो फिल्मबाट संगीतकार अर्जुन पोखरेल, कोरियोग्राफर रेनाशा राई, गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तले अवार्ड थापे । यही फिल्मबाट उत्कृष्ट ड्रेस डिजाइनमा युबी थापाले अवार्ड पाइन् भने अभिनेत्री पूजा शर्मालाई पपुलर हिरोइनको उपाधि दिइयो ।

15681788_1020561101387490_917074262_o

त्यसैगरी चलचित्र ड्रिम्स, फन्को, पशुपति प्रसाद र वडा नम्बर ६ ले तीन–तीन विधामा अवार्ड पाए । पशुपतिप्रसादले संवाद, खलनायक र उत्कृष्ट फिल्मको अवार्ड पायो भने वडा नम्बर ६ निर्देशन, कलानिर्देशन र संगीत संयोजन विधामा उत्कृष्ट चुनियो ।

पशुपतिप्रसादबाट  खगेन्द्र लामिछानेले अवार्ड जिते भने नकारात्मक चरित्रमा विपिन कार्की उत्कृष्ट ठहरिए । यता, फिल्म फन्कोबाट उत्कृष्ट पटकथामा सुवर्ण थापा, सम्पादनमा विपिन मल्ल र पाश्र्व संगीतमा सुजिल कर्माचार्यले अवार्ड जिते ।

15682513_1020561231387477_239787088_o

ड्रिम्सले नवअभिनेत्री, पपुलर अभिनेता र फिल्मबाट अवार्ड पायो । साम्राज्ञीराज्य लक्ष्मी शाहले नवअभिनेत्रीको अवार्ड सोही फिल्मबाट पाए भने अनमोल केसीले पपुलर अभिनेताको अवार्ड पाए । भुवन केसी निर्देशित फिल्म ड्रिम्स पपुलर फिल्म दरियो । उत्कृष्ट गीतकारको उपाधि फिल्म ‘नाइँ नभन्नु ल ४’बाट डा. कृष्णहरि बरालले पाए ।

समारोहमा वर्ष ०७२ मा भित्रिएका नवकलाकारमध्ये पल शाह  अभिनेतातर्फ उत्कृष्ट ठहरिए । फिल्म ‘नाइँ नभन्नु ल ४’ बाट पलले उत्कृष्ट अभिनेताको अवार्ड पाएका हुन् ।

15696610_1020560958054171_927257496_o

३६ वर्षदेखि नेपाली फिल्मको भान्सामा रहेर कलाकर्मीलाई खाना खुवाउँदै आएका कुलबहादुर महत (जेठा दाइ)लाई  लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइयो । उनीसँगै नन्दबहादुर गुर्माछाने मगरलाई २५ वर्षदेखि नेपाली फिल्ममा स्पट ब्वायका रुपमा काम गर्दै आएकोमा सोही सम्मान प्रदान गरियो । दुवैलाई सम्मानपत्र र नगद २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

त्यसैगरी, समारोहमा नेपालको पहिलो फिल्म आमाका तीन अभिनेत्रीहरु भुवन चन्द, वसुन्धरा भुसाल र चैत्यदेवी सिंहलाई स्वर्णिम सम्मान प्रदान गरियो भने निर्देशक दीपाश्री निरौलालाई फिल्म ‘छक्का पन्जा’बाट प्रोत्साहन सम्मान दिइयो ।

दुई स्थानमा भूकम्पपीडितको वस्ती बसालेका धुर्मुस–सुन्तलीलाई कार्यक्रममा विशेष सम्मान प्रदान गरिएको थियो ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआइजी नवराज सिलवाललाई पनि सिआइबीको उदाहरणीय कामको प्रशंसा गर्दै कार्यक्रममा विशेष सम्मान प्रदान गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा मध्यपूर्वी देशमा नेपाली फिल्मको बजार विस्तार गरेको भन्दै दुबईको कन्सेप्ट भिजन फिल्म्स् प्रोडक्सन एन्ड डिस्ट्रिब्युसनका सालिक सुवेदी, राजन अधिकारी र सुवास सिंह ठकुरी (अनिश)लाई चलचित्र प्राविधिक संघले विशेष सम्मान प्रदान ग¥यो ।

नेपालबाट लगिएका फिल्मकर्मी र पत्रकार गरी एक सय २० जनाको टोली आइतबार स्वदेश फर्कंदै छ।

 

प्रतिक्रिया दिनुहोस्