सुरजको विमानभित्रै मनोमानी |पद छोड्नुको कारण के हो त ?



रंग खबर, काठमाडौँ | शुक्रबार दुवईमा सम्पन्न नवौं संस्करणको नेफ्टा अवार्डको निर्णायक पक्षप्रति अवार्डसंग आवद्द फिल्मकर्मी असन्तुष्ट भैदिदा नेफ्टा अवार्ड विवादमा तानिएको छ ।

622589_109593825853527_922706351_o

त्यसैमा नेपाल चलचित्र प्राविधिक संघ नेफ्टाका महासचिव सुरज आचार्यले राजिनामा पत्र सार्वजनिक गरेपछि नेफ्टा प्रतिनै प्रश्न उब्जिएको छ । आचार्यले अवार्ड मनोमानी भएको र कालो धब्बा लागेको कारण ‘नैतिकता’ प्रश्न उब्जेको भन्दै राजिनामा पत्र सार्वजनिक गरेका थिए ।

तर, स्रोतका अनुसार सुरजले राजिनामा दिनुको कारण अर्कै खुल्न आएको छ । कुरा बुझ्दा सुरजले राजिनामा दिनुको कारण यस्तो बताइएको छ । ‘नेपालबाट दुवईका लागि उडेको विमानमा चुरोट सल्काएर नियम विपरित काम गरेकोले सुरजलाई  नेपाल आए लगतै मर्यादा उल्लंघनको बारेमा कारवाही गर्ने सक्ने नेफ्टाले बताएको थियो । स्रोतका अनुसार सुरज मदिराले पनि लिप्त थिए । विमानमा चुरोट सल्काएको थाहा पाएपछी विमानका सदस्यले आचार्यका पासपोर्ट र भिसा नियन्त्रणमा लिएका थिए’ ।

विमानमा चुरोट सल्काएर मर्यादा विपरित कार्य गरेकोले नेफ्टाले चर्को दवाब झेलेको स्रोतले बताएको छ । त्यसैले पनि सुरजले कारवाहीको गोप्य सुचना थाहा पाएर हतारिदै राजिनामा पत्र पेस गरेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्