निर्माता संघको अध्यक्षमा आकाश अधिकारी निर्विरोध | यस्तो छ मनोनयन



रंग खबर, काठमाडौँ | नेपाल चलचित्र निर्माता संघको नयाँ कार्य समितिको अध्यक्ष पदको लागि निर्माता तथा निर्देशक आकाश अधिकारी निर्विरोध चयन भएका छन् ।

10391553_1178945286043_7442573_n

बुधबार दिउँसो १ बजेसम्मको अन्तिम समयसंगै नयाँ कार्य समितिको लागि मनोनयन दर्ता प्रक्रिया सकिएको छ । अध्यक्ष पदमा  एक मात्र मनोनयन दर्ता भएपछि आकाश अधिकारी निर्विरोध चयन भएका हुन् ।

त्यस्तै संघको लागि महासचिवमा रोज राणा पनि निर्विरोध चयन भएका छन् । सचिवमा वर्तमान पदमा रहेका छवी ओझा पनि निर्विरोध चयन भएका छन् । कोषाध्यक्ष पदमा पनि सुशिल पोखरेल पोखरेल निर्विरोध चयन भएका छन् ।
उपाध्यक्ष पदको लागि माधव वाग्ले, केशव भट्टराई र गोविन्द शाहीको उमेद्वारी परेको छ । जहाँ शुक्रबार हुने निर्वाचनमा दुई उपाध्यक्ष चयन हुनेछन । निर्वाचन चलचित्र विकाश वोर्डको हलमा हुनेछ ।
यद्धपी बिहिबारको दिनलाई निर्विरोध भएका र अन्य उमेद्वारको लागी दाबी बिरोधको समय राखिएको छ । यस्तै ९ सदस्य पदको लागी ११ जनाको उमेद्वारी परेको छ । सदस्यमा उमेद्वारी दिनेहरुमा करिश्मा मानन्धर, रोहित अधिकारी, रौनकबिक्रम कंडेल, भानुप्रताप, दिपेन्द्र के खनाल, निश्चल बस्नेत, दिपकराज गिरी, अर्जुनकुमार, चेतन सापकोटा, सुशान्त श्रेष्ठ र निकिता पौडेल छन् ।
संघका वर्तमान अध्यक्ष राजकुमार राईको पहलमा अधिकांश पदमा निर्विरोध चयन गरियो । चलचित्र विकास वोर्ड अध्यक्ष समेत रहेका राईको अध्यक्ष पदको समयसिमा  सकिएको छ । १५ सदस्यीय कार्य समितिको कार्यकाल अवधि ३ बर्षको रहनेछ ।
राजेन्द्र सल्लभको नेतृत्वमा रहेको निर्णायकमा शान्तिप्रिय र अधिवक्ता ताराकुमार श्रेष्ठ छन् । संघमा दुई जना सदस्य भने निर्वाचित कार्यसमितिले मनोनयन गर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्