बलिउडमा सर्वाधिक कमाउनेमा अक्षय | पछी परे सलमान, आमिर र शाहरुख



रंग खबर, काठमाडौँ | बर्ष २०१६ को समाप्तिसंगै बलिउड फिल्ममा सर्वाधिक कमाउने अभिनेताको रुपमा अक्षय कुमार अगाडी देखिएका छन् ।

akshay movie

२०१६ मा मात्रै अक्षयको फिल्मले ३६४.१२ करोडको व्यापार गरेका छन् । एकै बर्षमा सर्वाधिक तिन फिल्म १०० करोड क्लबमा समावेश गराउने पहिलो बलिउड अभिनेता अक्षयका बर्ष भरि तिन फिल्म प्रदर्शनमा आए ।

तिनै फिल्मले अक्षयलाई निरास बनाएनन । ‘इएरलिफ्ट’ १२९ करोड, ‘हाउसफुल ३’ १०७.७० करोड, ‘रुस्तम’ १२७.४२ करोडको व्यापारसंगै बलिउडमा सर्वाधिक टिकट बिक्रि अक्षयका फिल्मले गर्न सफल भए ।

यो बक्स अफिस कलेक्सननै अक्षयको अहिलेसम्मको सर्वाधिक वार्षिकी हो । अक्षयले बलिउडमा फिल्म ‘सुगन्ध ‘बाट १९९१ मा डेब्यु गरेका थिए ।

453

त्यस्तै यो सालले दोस्रो स्थानमा आमिर खानको फिल्म ‘दंगल’लाई राखिएको छ । ९ दिनमै २३९.१ करोडको व्यापार गर्न सफल फिल्मले सजिलै ३०० करोडको आंकडालाई छुने बलिउड पण्डितहरुको आंकलन रहेको छ । फिल्मले ३२५ करोडको आंकडा पार गर्न सक्ने अनुमान लगाइएको छ ।

बलिउडको सर्वाधिक कलेक्सनको रेकर्ड राखेको ‘पिके’ रेकर्डलाई ‘दंगल’को आगामी रेकर्डको रुपमा हेरिएको छ । ‘३३९.५०’ करोडको नेट कलेक्सन गरेको ‘पिके’ बलिउडको सर्वाधिक कमाउने फिल्म हो ।

Sultan-poster

तेस्रो स्थानमा सलमान खानको ‘सुल्तान’ रहेको छ । ‘सुल्तान’ले घरेलु बक्सअफिसमा ३००.४५ करोड नेट कमाएको थियो । सलमानको ‘बजरंगी भाइजन’ बलिउडको सर्वाधिक कमाउने फिल्मको दोस्रो स्थानमा छ । जसले ‘३२०.३४’ करोड नेट कमाएको थियो ।

शाहरुख खानका लागि भने बर्ष २०१६ फलदायी रहन सकेन । यो साल प्रदर्शनमा आएको ‘डियर जिन्दगि’ले हिटको ट्याग पाए पनि १०० करोडको आंकडा छुन सकेन । कम बजेटमा निर्मित फिल्मले ६७ करोडको कारोबार गर्यो । ‘डियर जिन्दगि’ ३३ करोडको बजेटमा निर्माण भएको थियो ।

Alia-Bhatt-Shah-Rukh-Khan-in-Dear-Zindagi-poster-678x381

त्यस्तै शाहरुखलाई २०१६ मा ‘फ्यान’ फिल्मले झट्का लगाइदियो । १०५ करोडको बजेटमा निर्मित ‘फ्यान’ले बक्सअफिसमा मात्र ८५ करोडको व्यापार गर्यो ।

fan-poster-5

प्रतिक्रिया दिनुहोस्