‘हिटलर’को ‘मोमो चाउमिन’ लिरिकल गीत सार्वजनिक (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | आगामी जेठ १२ मा प्रदर्शन हुने फिल्म ‘हिटलर’को प्रमोसनल गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । कमेडी जनरामा निर्माण भएको उक्त गीतले शिर्षक ‘मोमो चाउमिन’ राखिएको छ । गीतमा शब्द, संगीत र स्वर लोचन घिमिरेको रहेको छ । भने उनलाई स्वरमा  श्रेया सोताङले साथ दिएकी छिन ।

Capture

अष्टनारायण पिक्चर्सले निर्माण गरेको चलचित्र ‘हिटलर’मा नायक सोहित मानन्धर र नव–नायिका समिया बर्तौलाको मुख्य भूमिका रहेको छ । अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले चलचित्रको निर्माणमा सहकार्य गरेका छन् ।

फिल्मलाई सौरभ ढकालले निर्देशन गरेका हुन् । फिल्ममा ए.आर पौडेलको छायांकन, लोचन घिमिरेको संगीत, किच्चामान चित्रकारको लेखन रहेको छ । चिनिमाया मानन्धर निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता त्रिरत्न मानन्धर रहेका छन् ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्