संयम पनि ‘ग्यांगस्टार ब्लुज’मा | यस्तो फिल्मको टिमअप



रंग खबर, काठमाडौँ | फिल्म ‘ग्यांगस्टार ब्लुज’को लागि मुख्य कलाकारको टुंगो लागेको छ । यसअघि आना शर्मा, आशिरमान देशराज, रोजिशा शाही लगाएतका कलाकार फिल्मका लागि अनुबन्ध भएका थिए । अब फिल्ममा ‘सायद’ डेब्यु अभिनेता संयम पुरीको इन्ट्री भएको छ ।

Samyam-Puri_1

निर्माता सरोज न्यौपानेले बताए अनुसार फिल्मको मांग अनुसार संयम कथामा फिट देखिएपछी फिल्मको लागि छनोट भएका हुन् | फिल्मका लिड कलाकार फाइनल भए पनि सहायक कलाकारको लागि भने अडिसन आव्हान गरिएको छ । जसका लागि निर्माण युनिटले आगामी २५ गते मण्डला थ्रियटरमा अडिसन गर्नेछ । फिल्ममा अभिनय गर्न इच्छुक जो कोहिले पनि उक्त अडिसनमा भाग लिन पाउनेछन ।

अडिसनमा निर्देशक हेमराज बिसी लगाएतको टिमले कलाकार छान्नेछ । फिल्म आगामी फागुन महिनाबाट छायांकनमा उत्रिने छ । आगामी बर्षको भदौ २४ लाई प्रदर्शन मिति तोकेको फिल्मलाई प्रतिक्षित मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्