हङकङ प्रिमिएरमा ‘सायद २’लाई सकारात्मक प्रतिक्रिया (फोटोफिचर)



रंग खबर, काठमाडौँ | फिल्म ‘सायद २’को हङकङ प्रिमिएर भब्य भएको छ ।पहिलो पटक प्रिमिएर भएको ‘सायद २’ हेरेर दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको निर्माण युनिटले बताएको छ ।

15878936_1391990890835074_591511592_n

फिल्म ‘सायद २’को हङकङ प्रिमिएरमा पाहुना बन्न पुगेका निर्माता सुनिल रावल र दुर्गिस थापाले दर्शकको प्रतिक्रियाबाट सन्तुष्ट रहेको बताए । जनवरी २ मा येउस्थित ‘तेइ कम्युनिटी हल’मा भएको प्रिमिएरमा ४०० दर्शकको उपस्थिति रहेको बताएका छन् ।

15841548_1391991210835042_442506057_n

सोहि दिन भएको ‘धुर्मुस सुन्तली’ कार्यक्रमका बावजुत पनि ५०० सिट क्षमता भएको हलमा ४०० दर्शक आउनु भनेको नै फिल्म प्रतिको क्रेज रहेको निर्माता रावलले बताए ।

पुष्पराज न्यौपानेको निर्देशन रहेको फिल्म ‘सायद २’लाई  सुनिल रावल , इश्वर श्रेष्ठ र सुभास लामिछानेले निर्माण गरेका हुन् । फिल्ममा शुशिल श्रेष्ठ ,सारोन श्रेष्ठ , अमृत ढुंगाना , कुशल पाण्डे , शुसिल सिटौला , निशा कार्कि , रुबिना श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

हङकङमा प्रिमिएर सम्पन्न भएको ‘सायद २’ आगामी बर्षको जेठमा नेपाल रिलिज हुनेछ ।

15800910_1388762191157944_1745655521_n

15870671_1391991170835046_1566725162_n

15879483_1391991200835043_1274157052_n

15879620_1391991144168382_1976329490_n

प्रतिक्रिया दिनुहोस्