प्रतिक्षित मल्टीस्टारर फिल्म ‘लुट २’को ट्रेलर सार्वजनिक (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | बहु-प्रतिक्षित् फिल्म ‘लुट २’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यकमका बीच सार्वजनिक गरिएको ट्रेलर हेरेर उपस्थित पत्रकार तथा फिल्मकर्मीले तालि बजाएका थिए ।

loot

ट्रेलरमा रमाईला संवाद समावेश छन् । भने प्रिक्वेलको भन्दा धेरै लगानी लागेको हुन् सक्ने ट्रेलर हेरेर अनुमान लगाउन सकिन्छ । दयाहाङ राई, सौगात मल्ल,  ऋचा शर्मा, कर्मा, विपिन कार्की, सुशिलराज पाण्डे लगायतका कलाकारले अभिनय गरेको फिल्मलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् ।

loo 3

सस्पेन्स थ्रिलर फिल्मले वर्तमान समयका हुने गरेका घटनाहरुलाई समावेश गरेको निश्चल बस्नेतले बताएका छन् । ‘लुट’मा हाकु कालेले अरु दुख दिएको थियो | तर, यस ‘लुट २’मा अन्य पात्रहरुले मिलेर हाकु कालेको १२ बजाउने भन्दै निर्माता माधव वाग्लेले फिल्मको स्क्रिप्ट राम्रो रहेको  बताए । फागुन १३ मा रिलिज हुने फिल्मका निर्माता माधव वाग्ले र नरेन्द्र महर्जन हुन् ।

Watch Here Trailer:-

प्रतिक्रिया दिनुहोस्