म केटि फ्यानबाट भन्दा पनि ‘गे’ फ्यानबाट सताइएको छु: प्रज्वलसुजल गिरि



रंग खबर, काठमाडौँ |आशिष ओली, मोड्लिङ र म्युजिक भिडियोमा अभिनय गर्दै ठुलो पर्दामा इन्ट्री गरेका अभिनेता हुन्, प्रज्वलसुजल गिरि । प्रज्वलले दर्जनौ म्युजिक भिडियोमा काम गरिसकेपछि फिल्म ‘माला’बाट नेपाली फिल्म उद्योगमा पाइला चलेका थिए ।

1098250_631413986892258_1604773957_n

म्युजिक भिडियो र फिल्म बाहेक क्यारेक्टर बिज्ञापनमा पनि अभिनय गरिसकेका प्रज्वल राम्रो फिल्मको लिड रोलको पर्खाइमा छन् । यहि पुष २८ गतेबाट प्रदर्शनमा आउँन लागेको फिल्म ‘किंङ’मा पनि सहायक भूमिका निर्वाह गरेका प्रज्वललाई अहिलेसम्म लिड अभिनेताको रुपमा अफर नआएको स्वीकारछन् ।

प्रज्वलले फिल्म ‘के म तिम्रो होइन र ?’ र ‘क्लासिक’मा पनि सहायक भूमिका निर्वाह गरिसकेका छन् । म्युजिक भिडियोमा अभिनय नगरेको डेढ वर्ष भैसकेको बताउने प्रज्वल भन्छन: ‘अब चाही म्युजिक भिडियोमा काम गर्दिन होला । पछिल्लो समय फिल्ममा काम गर्न थालेपछी म्युजिक भिडियोमा रमाइलो लाग्न छोडिसकेको छ । फिल्म क्षेत्रमा काम पाउनलाई सम्वन्धहरु बनाउदै जानु पर्छ भन्ने कुराहरु सुनेको छु । तर, अहिले सम्म सम्वन्धहरु विस्तार गर्नमा कुनै मेहनत गरेको छैन । त्यसैले पनि होला अहिलेसम्म मलाई खास्सै अफरहरु आएका छैनन् ।’

सानै देखि हिरो बन्न रुची रहेको बताउने प्रज्वलले एसियन पेन्ट्सको व्यापार पनि गर्दै आइरहेका छन । एसियन पेन्ट्सको डिलर राखेका प्रज्वलले स्ट्रगल फेजमा अभिनय गर्दा त्यति पारिश्रमिक नपाइने । र, आफ्नो इकोनोमिक ब्याकग्राउन्डलाई मजवुत गराउन व्यापार पनि संगै लिएको बताउछन | ‘मेरो पहिलो प्रथामिकता भनेको अभिनय हो । व्यापार भनेको त मेरो साइड बिजनेस हो । अब स्ट्रगल गर्दैछु । हेरम कतिको सफलता पाइन्छ ।’

1654372_888968381136816_3933246977098801591_n

अभिनयको प्यास:-

सानैमा घरमै मम्मीसंगको पारिवारिक फिल्मप्रतिको मोहबाट प्रभावित प्रज्वललाई मम्मीले आफ्ना बल्याकालका फिल्मसंगका रमाईला कथा सुनाउनु हुन्थ्यो रे । प्रज्वल पनि हिन्दि फिल्मको अभिनेत्री ‘मनिषा कोइराला’लाई मेरो गर्लफ्रेन्ड बनाउछु र बिहे गर्छु भन्ने खालको कुरा गर्थ्ये रे । पछी समयको परिवर्तनसंगै कलेज लाइफमा ति कुरा अलि नजिक महसुस हुन थाल्यो । कलेजमा जब मेरो फिल्म प्रतिको मोहलाई हेर्दै साथिहरुले पनि ‘त हिरो बन एकदम राम्रो हुन्छ भन्थ्ये । म कलेज पढ्दा त्यति सिक्सप्याकको जमाना थिएन । तर, म चाही सिक्सप्याक बनाएर हिडथ्ये ।

मेरो पहिलो यात्रा ‘म्यानहन्ट’ पार्टीसिपेन्टबाट सुरु भयो । जहाँ म टप ५ मा पुग्दै बेस्ट फिजिक्सको टाइटल जितेको थिए । त्यति बेला नमितचन्द ठकुरी दाइसंगको चिनजानमा मेरो फोटोशुट गर्दिनु भयो । त्यसपछी उहाँकै चिनजानमा विकाश सुवेदीदाई संग भेट भयो । उहाँले म्युजिक भिडियो बनाउनु हुँदो रहेछ । यसरि नै मैले पहिलो म्युजिक भिडियो गरे । यस्तै क्रममा एउटा शोमा बिशाल ढुंगाना निर्देशक हुनुहुन्थ्यो । उहाँको अर्को भिडियो गरे ।

यसरिनै भिडियो बिज्ञापन गर्दै दिनहरु बितीरहेको थियो । एक दिन बिज्ञापन निर्माताहरुको रेस्टुरेन्टमा बसिरहेको बेला मलाई पहिलो पटक फिल्मको अफर आएको थियो । त्यति बेला मलाई बबीभुपाल सिंह र शिशिर राणाले अफर गर्नु  भएको थियो ।

12310703_1067928836574102_6595755110659908651_n

प्रेम वान्ट्स एण्ड निड्सको लागि रहेछ:-

म प्रेममा दुई तिन पटक परेको छु । तर, कुनै सफल हुन् सकेन । प्रेममा दिनु पर्दो रहेछ । लिन लाग्ने हो भने प्रेम टिक्दो रैनछ । मैले पनि दिएकै थिए । तर, उनको म प्रतिको माया आशा धेरै भएको कारण म्याच हुन् सकेन । यहाँ मायालाई वान्ट्स र निड्समै परिभाषित गरिएको छ । यहाँ अहिले जमानामा साँचो माया गरिन्छ भन्ने मलाई लाग्दैन ।

अहिलेसम्म मैले कसैलाई माया गर्छु । रिलेसनमा बसम भनेर भनेको छैन । जति पटक प्रेममा परे त्यतिनै पटक उतैबाट प्रपोज आयो । सुरुमा तिमि कति राम्रो, तिमि इनोसेन्ट छौ, म तिमीलाई माया गर्छु, रिलेसनमा बस्न चाहन्छु । भन्ने कालका प्रपोज आउछन । धेरैनै मरिहत्ते गरेपछि मेरो मनमा पनि माया पलाउँछ । पछी म गहिरिएर नजिक भएपछी उनिहरुको निड्स पुरा हुन्छ र त्यो रिलेसनलाई ब्रेक दिइन्छ ।

प्रेमनै सबै थोक हो । प्रेमबाटै बाच्न सिकिन्छ । सबै कुरा प्रेमनै सिकाउछ जस्तो लाग्छ । मलाई यहाँ सम्म पुर्याएको नै लभले हो । यहाँ रिलेसनसिपका कुराहरु भने बेकार छन् जस्तो लाग्छ मलाई । जव सम्म आफ्नो खुट्टामा उभिइदैन तव सम्म रिलेसनसिप तिर ध्यान नदिएकै राम्रो हुन्छ ।

12144799_1049448931755426_5164890742974349761_n

‘गे’ फ्यानबाट सताइएको छु:-

मेरा अहिलेसम्म त्यस्तो मलाई सताउने खालका केटि फ्यान चै छैनन् ।बरु ‘गे’ फ्यानहरुले मलाई सताउने गर्छन । मेरो फेसबुकमा नराम्रा कुराहरु म्यासेज गर्ने । लाजमर्दो कुरा बोलिदिने । त ‘गे’ होस कि भनेर ब्लेम लगाउने । मैले कति पटक म ‘गे’ होइन भन्दा पनि फ्ल्वो गरिराख्नु हुन्छ । मलाई त्यो कुरा चै मन पर्दैन । पब्लिक फिगर भयो भन्दैमा त्यस्तो गर्नु नराम्रो हो जस्तो लाग्छ ।

खोइ मेरो त्यस्तो के देख्नु हुन्छ र ? मलाई त्यस्तो खालको ब्लेम लगाउनु हुन्छ । त्यो प्रति चाहिं म रुष्ट छु । म यहि इन्टरभ्युबाट पनि यहि आग्रह गर्न चाहन्छु कि । यस्तो कार्य नगरिदिनु होला ।

अन्त्यमा:-

यहि पुष २८ मा म अभिनित ‘किंङ’ फिल्म प्रदर्शनमा आउदैछ । एकपटक हलसम्म गएर हेरीदिनु होला । अनि मैले गरेको कामलाई मुल्याकन गरेर प्रतिक्रिया दिनुहोला । नेपाली फिल्म हेरौ नेपाली फिल्मलाई माया गरौँ ।

प्रतिक्रिया दिनुहोस्