यो साता विहिबारनै तिन फिल्म प्रदर्शनमा | सर्ट प्रिभ्यु



रंग खबर, काठमाडौँ | यो साता तिन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । साविर श्रेष्ठ निर्देशित ‘किङ’, प्रचण्डमान श्रेष्ठ निर्देशित ‘लभ साशा’ र सन्तोष सिवाकोटी निर्देशित फिल्म विहिबारनै प्रदर्शनमा आएका हुन् ।
king-love-sasha-sabda

सधै जसो पुषको अन्तिम हप्ता २-३ ओटा सम्म आशा गरिएका फिल्म प्रदर्शनमा आउने परिपाटी यो पटक पनि लागु भएको छ । नहोस पनि कसरि किनकि पुषको अन्तिम साता रिलिज भएका फिल्म मध्यबाट कुनै न कुनै फिल्म हिट हुने गरेका छन् । पछिल्लो केहि बर्षको तथ्यांक हेर्दा यो प्रमाणित हुन्छ ।

ब्लकबस्टर ‘लुट’ र ‘६ एकान ६’ पनि पुष अन्तिम सातामै प्रदर्शनमा आएका थिए । तर, यसपाली पनि के यी तिन फिल्म मध्य कुनै फिल्म हिट होला त प्रतिक्षाको विषय बनेको छ ।

किङ: फिल्ममा निखिल उप्रेती, बेनिशा हमाल, अनुपबिक्रम शाही, प्रज्वलसुजल गिरि लगाएतको अभिनय रहेको छ । जयन श्रेष्ठ निर्मित फिल्म एक्सन विधाको फिल्म हो ।

लभसाशा: केकी अधिकारी, कर्म, आशिफ शाह, सिवानी चालिसे, रश्मि भट्ट, विकाश जोशी लगाएतको कलाकारले अभिनय गरेको फिल्मलाई माधव वाग्लेले निर्माण गरेका हुन् । मंगलवार सम्पन्न प्रिमिएरमा रोमान्टिक ड्रामाले राम्रो प्रतिक्रिया पाएको थियो ।

शब्द: फिल्ममा सौगात मल्ल, अनुभव रेग्मी,कमली वाइवा लगाएतको अभिनय रहेको फिल्मले सामाजिक कथाबस्तु प्रस्तुत गरेको छ । फिल्मलाई छिरिङदोर्जे लामाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्