सस्पेन्स–थ्रीलर ‘पर्व’को ट्रेलर सार्बजनिक ( भिडीयो )



रंग खबर, काठमाडौं ।  

चलचित्र ‘पर्व’को सस्पेन्स–थ्रीलर ट्रेलर रिलिज भएको छ । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको मोसन पोष्टर र ट्रेलर रिलिज गरिएको हो । गोपिकृष्ण टीभीको निर्माणमा सुवास इन्टरटेन्मेन्टको प्रस्तुती रहेको यो चलचित्र ‘जेठ १२’ गतेबाट रिलिज हु“दैछ । यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।


निकिता पौडेल र सुवास गिरीले निर्माण गरेको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । यो चलचित्रमा समावेश ‘काले दाई काले दाइ’ बोलको गीतको भिडियो अहिले सर्वाधिक चर्चित छ । युटुबमा यो गीतको भिडियो ९१ लाख भन्दा बढी पटक हेरिएको छ ।
चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कोशिश क्षेत्रीको कथा, सुरेन्द्र पौडेलको सम्पादन, किरण माइकलको पटकथा तथा संवाद, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको एक्सन छ ।

प्रतिक्रिया दिनुहोस्