तनुजा संग आयुष्मानको रोमान्स ( भिडीयो )



रंग खबर, काठमाडौं ।

नायिका प्रियंका कार्कीसँगको प्रेममा कारण चर्चामा रहेका नायक आयुष्मान देशराज जोशी अभिनित नयाँ म्युजिक भिडियो रिलिज भएको छ । जहाँ उनले प्रियंका कार्कीसँग नभई मोडल तनुजा गुरुङ संग रोमान्स गरिरहेको देख्न सकिन्छ ।

‘तिम्रो आँखामा’ बोलको गीति भिडियो सागर राज र जय मल्लको स्वर, शब्द तथा संगीत रहेको छ । भने म्युजीक भिडीयोको निर्देशन समेत  सागर राजले नै गरेका हुन् ।

जसले ‘पानी पर्यो’ , चुम्बककै होउ कि तिमी जस्ता सुपरहिट गीतको भिडियो निर्देशन गरेका थिए । सार्वजनिक सागरको नयाँ भिडियोमा अनिल कुमार मानन्धरको छायाँकन र कृष्ण पाण्डेको सम्पादन छ । भिडीयोलाई जय मल्ल र नविन मल्ल निर्माण गरेका हुन्  ।

प्रतिक्रिया दिनुहोस्