‘प्रेमगीत २’ को ‘मोटरसाइकलमा…’ रिलिज ( भिडियो )



रंगखबर, काठमाडौं ।

‘प्रेमगीत २’ को नयाँ गीत सार्बजनिक भएको छ । सोमबार नयाँ गीत ‘मोटरसाइकलमा…’ रिलिज भएको हो  । एलिस कार्कीले संगीत रहेको गीतमा प्रताप दास र इन्दिरा जोशीको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा स्वस्तिमा खड्का ,प्रदीप खड्का र अश्लेषा ठकुरी फिचरिङमा छन् कोरियोग्राफर रिनशा राईले भिडीयोलाई जीवन्त बनाउने प्रयास गरेकी छिन्  । युबी थापाद्धारा डिजाइन गरिएका कस्ट्युम सुन्दर लाग्छन् ।

निर्माता सन्तोष सेनले दर्शकले मोटरसाइकल गीतलाई रुचाउने विश्वास व्यक्त गरे । आशुसेन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । म्यानमार र बर्मेली पात्रबीचको प्रेमकथा बुनिएको सिनेमालाई प्रतीक्षित मानिएको छ । चलचित्र साउन १३ गते प्रेमगीत २ देशभर रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्