रंग खबर, काठमाडौं । 

असार ३० गतेबाट रिलिज हुने चलचित्रको ‘सायद २’को एक रोमान्टिक गीतको भिडियो रिलिज भएको छ ।‘पहिलो प्रेम’ बोलको गीतको भिडियो रिलिज गरिएको हो । यो गीतमा सुगम पोखरेलको शब्द, संगीत र स्वर छ । मनाङमा खिचिएको गीतमा सुशिल श्रेष्ठ र स्यारोन श्रेष्ठलाई गीतमा फिचर गरिएको छ ।

पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको चलचित्रमा सुशिल र स्यारोन संगै अमृत ढुंगाना, सुशिल सिटौला लगायतका कलाकारको अभिनय छ । दुर्गिस फिल्मस्को ब्यानरमा सुनिल रावलले निर्माण गरेको चलचित्रमा सुशन प्रजापतिको छायाँकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्