आकांक्षाको ‘बोलायो’ सार्बजनिक ( भिडीयो )



रंगखबर, काठमाडौं । चर्चित गीत ‘तिमी छौ र’की गायीका आकांक्षा बस्यालले नयाँ गीत ‘बोलायो’ बजारमा ल्याउने तयारीमा छिन् । त्यही गीतको प्रोमो गायीका बस्यालले आइतबार सार्बजनिक गरेकी छिन्।

सार्बजनिक गीतमा चर्चित गायक कमल खत्रीको शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज रिकेस गुरुङले गरेका छन् ।
यसअघि पनि कमल र आकांक्षाले केही गीतहरुमा सहकार्य गरिसकेका थिए । रोमान्टिक शैलीको गीत मार्फत प्रेमभाव पोखिएको छ ।

दिपेन्द्र केसीले निर्देशन गरेको म्युजीक भिडीयो चाडै रिलीज गर्ने योजना निर्माण पक्षले बनाएको छ । अडियो भिडीयो राम्रो भएकाले गीतलाई दर्शक स्रोताहरुले रुचाउने बिस्वास गायीका बस्यालले लिएकी छन् । बस्यालका ‘तिमी छौ र’, ‘म पग्लन्छु’, ‘सिंगार’ , ‘मलाई रुन देउ’ लगायतका गीतहरु चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्