‘प्रेमगीत २’ हलमा उत्साहजनक | यस्तो देखियो प्रदिपको क्रेज



रंगखबर, काठमाडौं । शुक्रवारबाट प्रर्दशनमा आएको फिल्म ‘प्रेमगीत २’ हेर्न हलमा दर्शकको उत्साहजनक उपस्थिती देखिएको छ । मुलुकका ८० पर्दामा पहिलो दिन शतप्रतिशत अकुपेन्सी रहेको वितरकलाई उद्धत गर्दै मिडिया कोअडिनेटर विष्णु शर्माले बताए ।
मुख्य मल्टिप्लेक्सले शुक्रबार फिल्मलाई १६ सोज दिएको थियो । बुकिङमै दुई सोज सोल्डआउट थिए । शनिबार पनि उति नै सोज छन् र अधिकांश सोल्डआउट उन्मुख छन् ।

कुमारी, गोपिकृष्ण, एफक्युब लगायतका हलमै पुगेर अभिनेता खड्का, अभिनेत्री अश्लेषा ठकुरी, अभिनेता सन्तोष सेनले सिनेमा हेरे । उनीहरुले दर्शकीय प्रतिक्रियालाई उत्साहजनक भनेका छन् । वितरक गोविन्द शाहीले पहिलो दिनको ‘वर्ड अफ माउथ’को प्रभाव आगामी साता पर्ने बताए ।

दर्शकमध्ये अधिकांश तन्नेरी देखिए । तीमध्ये अधिकांश युवती भेटिए र त्यसपछि युवा । प्रदीपको क्रेज दुईवर्षपछि हलमा स्पष्ट महसुस भयो । सुखद समिक्षा प्राप्त गरेको सिनेमाले मोफसलमा समेत आक्रामक सुरुआत गरेको वतरक मनोज राठीले बताएका छन् ।

नागपञ्चमी र जनैपूर्णिमाको बिदाको दिनको फाइदा समेत फिल्मलाई पुग्यो । शनिबार अधिकांश सोज हाउसफूल छन् । यसको प्रभाव विकडेजमा पनि देखिने अनुमान हल संचालकको छ । क्यूएफएक्स वितरण प्रमुख बसन्त मानन्धरका अनुसार विकडेजमा समेत फिल्मको व्यापार आक्रामक हुनेछ ।
रामशरण पाठक निर्देशित सिनेमाले एक बर्मेली युवती र नेपाली केटाबीचको प्रेम सम्बन्धबाट उत्पन्न हुने द्धन्द्धको कथा पेश गर्छ । नेपाल, म्यानमार र थाइल्यान्डमा छायांकन गरिएको सिनेमालाई आशुसेन फिल्मसले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्