‘प्रेमगीत २’को ५१ दिने सक्सेस पार्टीमा प्रदीपलाई कार उपहार (फोटोफिचर)



रंगखबर, काठमाडौँ । यो वर्ष हिट फिल्मको सुचीमा आफ्नो नाम दर्ता गराएको फिल्म ‘प्रेमगीत २’ले ५१ दिने सक्सेस पार्टी सेलेब्रेसन गरेको छ ।

साउन १३ गते प्रदर्शनमा आएको फिल्मले शनिबार राजधानीका केहि हलमा ५१ दिन पुरा गरेको थियो । ५१ दिने खुसि साट्न राजधानीमा सेलेब्रेटी र पत्रकार माँझ भव्य कार्यक्रम सम्पन्न गर्यो ।

५१ दिने सेलेब्रेसन समारोहमा आशुसेन फिल्मसका प्रमुख तथा ‘प्रेमगीत २’का निर्माता सन्तोष सेनले अभिनेता प्रदीप खड्कालाई हुन्डाईको महँगो कार गिफ्ट गरे । पछिल्लो समय युवा दर्शक माँझ आफ्नो क्रेज स्थापित गरेका प्रदीप गत साता प्रेसमिटमै बडीगार्ड सहित पुग्दा चर्चाको पात्र बनेका थिए ।

रामशरण पाठक निर्देशित फिल्म निर्माण समय देखि नै सकारात्मक र नकारात्मक दुवै पक्षबाट चर्चामा थियो । प्रचार-प्रसारमा निक्कै दौडधुप गरेको फिल्मले आक्रामक व्यापार गरेको थियो ।

फिल्मको कुल कलेक्सन ८ करोड बताइएको छ । यो फिल्मले दर्शक र समिक्षकबाट मिश्रीत प्रतिक्रिया पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्