अस्ट्रेलीयामा बुद्ध, निशान र प्रतापको म्युजिकल कार्यक्रम



नेपाल आईडलका टप थ्री जनाको प्रस्तुतीले सीडनी संगै अस्ट्रेलियाका केही सहर संगीतमय हुने भएको छ । यस कार्यक्रममा नेपाल आइडल बुद्ध लामा रनर अप निशान भट्टराइ र सेकेन्ड रनरअप प्रताप दाश अस्ट्रेलिया जादैछन् ।

सिडनीमा हुने कार्यक्रम ओलम्पीकपार्क स्पोर्ट्स सेन्टरमा हुदैछ । जहाँ नेपाली कलाकारले अझसम्म कुनै कार्यक्रम गरेका छैनन्। संभवत यो नै ओलम्पीक पार्कमा पहीलो नेपाली कार्यक्रम हो। एभरेष्ट कम्युनिकेशन मुख्य प्रस्तुती रहने सिडनीको मुख्य कार्यक्रम डीसेम्बर १ मा  हुने छ ।

नेपाल आइडलको अस्ट्रेलिया ब्यापी भ्रमण आउदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म रहनेछ।  जुन कार्यक्रम सिडनी संगै ब्रिसबेन ,मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा समेत हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्