‘हुर्रे’मा अनुपविक्रम र केकीको यस्तो रुप



रंगखबर, काठमाडौं । अभिनेता अनुपविक्रम शाहीलाई धेरैले ‘एक्सन हिरो’का रुपमा चिन्छन्। तर कमेडी जान्रामा तयार हुँदै गरेको फिल्म ‘हुर्रे’मा उनी विल्कुलै फरक गेटअपमा देखिँदैछन्।
शुक्रबार फिल्मको फस्टलुक पोष्टर सार्वजनिक भएको छ जहाँ उनलाई पण्डितको हुलियामा देख्न सकिन्छ। पोष्टरमा अभिनेता विजय बराल सलाम ठोक्दै गरेको अवस्थामा देखिएका छन्। पोष्टरको माथिल्लो भागमा अभिनेत्री केकी अधिकारीसँग हास्यअभिनेता राजाराम पौडेल र कलाकार अंकित खड्का रमाइरहेको अवस्थामा छन्।

यम थापाको लेखन÷निर्देशनमा तयार भइरहेको फिल्ममा सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानी रहेको छ। फिल्म आगामी फागुन–२५ गते रिलिज हुने पोष्टरमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्