यस्तो छ मेलिनाले गाएको थारु गीत ‘चाँद जैसिन तोहार सुरतिया’ (भिडियो)



रंगखबर, काठमाडौं । पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राईंले पहिलोपल्ट थारु भाषाको गीत गाएकी छिन् । ‘चाँद जैसिन तोहार सुरतिया’ बोलको गीत गाएकी हुन् । स्वरमा उनलाई थारु गायक नरेश जोगीले साथ दिएका छन् ।
नरेशकै शब्द र संगीत रहेको गीतको भिडियो हालै युट्युुबमार्फत सार्वजनिक भएको हो । गीतमा संगीत संयोजन विशाल निरौलाले गरेका छन्् । गीतको भिडियोमा थारु मोडलद्धय जेएमसी चौधरी र करिष्मा चौधरी फिचरिङ छन् ।

‘मलाई विभिन्न समुदायका भाषामाथि गीत गाउन मनपर्छ,’ मेलिनाले भनिन्, ‘थारु भाषा त बुुझ्दिन तर गीत गाउने अवसर पाउँदा निकै खुशी छु, रमाइलो लाग्यो ।’

राजु केसीले खिचेको यो गीतको भिडियोको सम्पादन र निर्देशन अर्जुन थापाले गरेका हुन् ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्