फ्राइडे रिलिज: हलिउडको चेपुवामा नेपाली फिल्म



रंगखबर, काठमाडौँ – शुक्रबारबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । बिशाल भण्डारी निर्देशित ‘कोहलपुर एक्सप्रेस’ र ‘ह्याप्पी डेज’ यो साताका नेपाली प्रतिस्प्रधी हुन् । तर, यी दुईले हलिउड सिनेमा ‘एभेन्जर्स: इन्फिनिटी वार’सँग मल्टीप्लेक्सका कडा प्रतिस्पर्धा गर्नु पर्नेछ ।

नेपालका मल्टीप्लेक्समा एभेन्जर्सले ७० प्रतिशत शोजमा कब्जा जमाउदा ‘कोहलपुर एक्सप्रेस’ र ‘ह्याप्पी डेज’लाई करिब १५ प्रतिशत जति शोज उपलब्ध गराइएको छ । त्यस्तै १० प्रतिशत शोज हलिउड फिल्म ‘रामपेज’ले कब्जा गरेको छ, भने बाँकीमा ‘शत्रु गते’, ‘लिलिबिली’ र ‘बाघी २’ छन् ।

प्राप्त शोजमा पनि एभेन्जर्सले राम्रो सुरुवात गरेको छ । उसले पहिलो दिन विहानी शोजमा ६० देखि शतप्रतिशतसम्मको अकुपेन्सी कायम गरिरहेको छ । दिउँसोका शोज र शनिबारका शोज पनि सोल्ड आउट हुँदा एभेन्जर्सले यो साता अन्य फिल्मलाई मल्टीप्लेक्समा नराम्रो असर गर्ने देखिएको छ । क्रिटिक्सबाट तारिफ बटुलिरहेको फिल्मले आगामी दिनमा पनि राम्रो माउथ पब्लिसिटी पाउने सम्भावना देखाएको छ ।

यता कमेडी फिल्म ‘कोहलपुर एक्सप्रेस’ र सामाजिक कथा ‘ह्याप्पी डेज’ले सिंगल स्क्रिन्समा केहि राहत पाउन सक्छन ।

केकी अधिकारीले निर्माण गरेको सिनेमामा केकीसँगै प्रियंका कार्की, ऋचा शर्मा, बुद्दी तामाङ, बिनोद न्यौपाने, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ । भने   बिपी खनाल, भवानी शर्मा, हिरल जोशी, मिलन चाम्स र डा. अशोक खनालको संयुक्त निर्माण रहेको ‘ह्याप्पी डेज’मा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, दीया पुन, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकलको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्