आमा-छोरा जस्ता देखिने बलिउडका ३ जोडीहरु



एजेन्सी- बलिउड चलचित्र नगरीमा यस्ता थुप्रै चर्चित हिट जोडीहरु छन जसलाई संसार भरले चिन्ने गर्दछ। बलिउडमा उनिहरुले गरेको काम तथा अभिनयले यी जोडीहरु संसारभर चर्चित छन। संसार भरि चर्चित हुँदा-हुँदै पनि यी जोडी आलोचनाबाट वन्चित भने भएका छैनन्। आज हामी बलिउडका ३ जोडीहरुको चर्चा गर्दैछौ जुन जोडीहरु श्रीमान-श्रीमती कम आमा छोरा बढी देखिन्छन।

१. सैफ अलि खान – अमृता सिंह
सन् १९९२ देखि बलिउडमा आफ्नो अभिनय यात्रा सुरु गरेका अभिनेता हुन् सैफ अलि खान। दर्जनौ सुपर हिट चलचित्र दिएका उनले नब्बेको दशक मै अमृता सिंहसँग विवाहा गरेका थिए,जुन २००४ मा अन्त्य भएको थियो उमेरको हिसाबले १२ बर्षको अन्तर रहेकाले पनि बलिउडमा यी जोडी श्रीमान-श्रीमती कम आमा-छोरा बढी देखिन्थे। अहिले सैफले करीनासँग विवाह गरेर पिता पनि बनिसकेका छन ।

२. आमीर खान- किरण राव
सन् १९८८ मा चलचित्र ‘कयामत से कयामत तक’बाट बलिउडमा डेब्यु गरेका अभिनेता आमीर खान र उनकी श्रीमती किरण राव पनि श्रीमान-श्रीमती कम आमा-छोरा ज्यादा देखिन्छन। सन् २००५ मा वैवाहिक जीवनमा बाधिएका यी जोडीको उमेरको अन्तर पनि धेरै नै रहेको छ। किरणसँग विवाह गर्नु अघि उनी रीना दत्त (१९८६-२००२)सँग वैवाहिक सम्बधमा थिए।

३ .फराहन अख्तर-अदहुना अख्तर
उमेरको हिसाबले करिब १० वर्ष ठुली अदहुनासँग यी ‘रक अन ब्वाई’ले सन् २००० मा लगन गाठो कसेका थिए। पछि २०१६ मा सम्बन्ध विच्छेद पनि गरेका थिए कलाकार, गीतकार एवंम् संगीतकार समेत रहेका फरहानको अहिले बलिउडका विभिन्न अभिनेत्रीहरुसँग नाम जोडिदै आएको छ।

प्रतिक्रिया दिनुहोस्