चलचित्र ‘प्रेमलिला’ किन कपाल मुण्डन गरिन यी अभिनेत्रीले?



रंगखबर डट कम, काठमाडौँ।  चलचित्र “प्रेमलीला” को अहिले धमाधम छायांकन भैरहेको छ । फिल्ममा समाबेश “जाने क्या हुवा ए” बोलको हिन्दी गीतको केहि दिन अगाडी पोखरामा छायाँकन सकिएको छ । गीतलाई रामजी लामिछाने ले कोरियोग्राफी गरेका छन् भने गीत मा नायिका दिपशिखा खड्का र नायक अली खान फिचरिङ्ग रहेका छन् । गीत छायांकनको तस्बिरहरु हेर्दा र फिल्मको नाम बाटनै थाहा हुन्छ कि फिल्म तथा गीत लभ जनरामा रहेको छ । छायांकन गरिएको गीतमा वलिउड गायक राजा हसन को स्वर रहेको छ ।
चलचित्र कि निर्माता तथा नायिका दिपशिखा खड्का ले चलचित्र मा हिन्दी गीत कथा को माग अनुसार नै राखिएको जानकारी दिएकी  छिन् । चलचित्रका नायक अली खानले आफुले पहिलो पल्ट नेपाली चलचित्रमा अभिनय गर्न पाउदा निकै खुशी लागेको बताएका छिन् । खान बलिउड अभिनेता हुन् जसलाई चलचित्र को कथा अनुसार हिन्दी बोल्न सक्ने पात्र लाई न्याय दिलाउन आफुहरुले ईन्डिया देखी नेपाल ल्याएको नायिका तथा निर्मात्री खड्काले बताएकी छिन् । पोखरा छायांकन सकेर राजधानीमा छायांकन गर्ने भनिएको फिल्मको यतिबेला हामीले नायिका तथा निर्मात्री दीपशिखाको कपाल मुण्डन गरेको अबस्थामा भेटाएका थियाै । हामीले फिल्मको छायांकन चलिरहेको बेलामा किन कपाल मुण्डन गर्नु भएको त ? भनेर प्रश्न गर्दा उनले भनिन् ‘यो मुण्डनको रहस्य भन्न मिल्दैन, तर केहि समयपछि तपाँईहरुले आफै थाहा पाउनु हुनेछ । उनको यो भनाईले के प्रस्ट हुन्छ भने मुण्डनको राज कि त स्वयंम उनलाई नै थाहा छ, कि आउने दिनमा नै थाहा हुने नै छ । नायिका तथा निर्मात्री खड्काकै कथा रहेको चलचित्र “प्रेमलीला” लाई निर्देशक जनक पाण्डे ले निर्देशन गर्दैछन । पवन गौतमको फिल्ममा छायांकन रहेको छ । चलचित्रमा संगीतकारहरु महेश खड्का,नबिन कार्की र रबिराज शाहको संगीत रहेको छ भने राजेश पायल राइ , शोभा पाण्डे र भारतीय गायक राजा हसन को स्वर रहेको छ । प्रलाद खरेल को मुख्य सहायक निर्देशन रहेको चलचित्रमा दिपशिखा खड्का, अली खान, सुरज तमु र रेखा शाह को मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्