‘म्यान अफ द वर्ल्ड नेपाल २०१८’ को औपचारिक घोषणा, यसरी भर्नुहोस फारम ..



रंग खबर, काठमाडौँ। अन्तराष्ट्रिय फ्रेन्चचाईज प्याजेन्ट ‘म्यान अफ द वर्ल्ड’को नेपाली संस्करण ‘मन अफ द वर्ल्ड नेपाल’को औपचारिक घोषणा भएको छ फिलिपिन्सबाट सुरु भएको उक्त प्याजेन्ट अब नेपालमा हुन लागेको हो। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गराउदै आयोजक टिमले उक्त प्याजेन्टको घोषणा गरेको हो। यहि बैसाख ३० गतेबाट सुरु हुने अडिसन चितवन, बुटवल, बिराटनगर र धरान हुदै काठमाडौँमा आएर टुंगिने छ। म्यान अफ द वोर्ल्ड -२०१८ मा भाग लिन चाहने जो कोहिले पनि अनलाइनबाट फारम भर्न सक्ने छन् । अन्तराष्ट्रियय स्तरमा पुरुष मोडलहरुको क्षमताको विकास गर्न तथा नेपाली युवा मोडलहरुलाई अन्तराष्ट्रिय स्थरमा पुर्याउनका लागि यो प्रतियोगिताको आयोजना गर्न लागेको आयोजक टिमले बताएको छ ।’म्यान अफ द वर्ल्ड नेपाल -२०१८’को फाइनल भने यहि असारको पहिलो हप्तामा होटल दरबारमार्ग स्थित होटल अन्नपुर्णमा सम्पन्न हुनेछ ।

प्रतियोगितामा पहिलो हुने प्रतिस्पधीले नगद रु १ लाख साथै फिलिपिन्सबाट लाइसेन्स, अन्तराष्ट्रिय टुरको प्याकेजका र नेपालबाट अन्य देशहरुमा भाग लिन पाउने छन् । भने दोश्रो हुनेले नगद रु ५० हजार र तेस्रो हुनेले २५ हजार पाउने छन् । भने फस्ट रनरपले २५ हजार र दोस्रोले १५ हजार नगद प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्