सुरु भयो ‘छक्का पन्जा ३’, प्रियंकाको ठाउँमा दीपिका



द सिनेमा टाइम्स, काठमाडौँ – दीपक-दीपाको ‘छक्का पन्जा ३’को  सुरु भएको छ । दीपाश्री निरौलाले निर्देशन गर्ने फिल्ममा दीपिका प्रशाई र दीपकराज गिरीले मुख्य भूमिका निर्वाह गर्ने छन् । भने, अघिल्ला भागकी प्रियंका कार्की अतिथी भूमिकामा सिमित भएकी छन् ।

शुक्रबार विहान भक्तपुरको सुर्यविनायक मन्दिरमा पूजाआजा गरी छायाँकन घोषणा गरियो । फिल्ममा दीपक र दीपिकाका अलावा जितु नेपाल, केदार घिमिरे, बुद्दी तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुराग कुँवर, शिशिर राणा, शिशिर बाग्देल, शारदा गिरी, बसन्त भट्ट लगायतको पनि अभिनय रहनेछ । त्यस्तै फिल्ममा पुष्पल खड्काको पनि विशेष भूमिका रहनेछ ।

आमा सरस्वती मुभिज र आइएमइ रेमिट्सको प्रस्तुति रहने ‘छक्का पन्जा ३’का कार्यकारी निर्मातामा जितु नेपाल र केदार घिमिरे रहेका छन् । भने, निर्मातामा सुमन गिरी (भान्जा), किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाईं, दीपेन्द्र खनिया र केशव न्यौपाने रहेका छन् ।

दशैँको उपलक्ष्य पारी फूलपाती रिलिज हुने फिल्ममा अर्जुन पोखरेल/दीपक शर्माको संगीत कविराज गहतराज/प्रविन सिंहको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, पुरुषोत्तम प्रधानको छायाँकन, दीपकराज गिरी/जितु नेपाल/केदार घिमिरे/यमन श्रेष्ठको संवाद र दीपकराजकै कथा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्