करिश्माकी छोरीको चलचित्रमा डेब्यु, तर कसको ब्यानरमा ?



रंगखबर काठमाडौँ।  सदाबहार अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले चलचित्रमा डेब्यु गर्ने भएकी छिन। केहि समय अघि सम्म अभिनयका लागि अझै अपरिपक्क रहेको भन्दै आएकी करिश्माले आफ्नी छोरीलाई अब भने अभिनेत्रीको रुपमा तयार गरेकी छिन। आफ्नै होम प्रोडक्सनबाट डेब्यु गर्ने भनीए पनि कविताले आफ्नी आमाको क्याम्प बाहिरको ब्यानरबाट डेब्यु गर्ने भएकी छिन।

एकताका चलचित्र क्षेत्रमा एकछत्र राज गरेका एक्सन स्टार शिव श्रेष्ठले निर्माण गरिरहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मार्फत कविताले डेब्यु गर्ने भएकी छिन। चलचित्रमा उनले शिब श्रेष्ठकै सुपुत्र शक्ति श्रेष्ठसँग अन स्क्रिन रोमान्स गर्ने खबर पनि बाहिरी रहेको छ। मल्टी स्टारर चलचित्रमा यी दुईसँगै प्रियंका कार्की, आयुश्मान देशराज जोशी, वर्षा राउत, सन्जोग कोईराला लगायताका कलाकार मुख्य भूमिकामा रहेका छन्। दिपेश श्रेष्ठले निर्देशन गर्ने चलचित्रको छायांकन कविताले सुरु गरिसकेको र एउटा गीतको छायांकन पनि सकिएको जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्