टिजर: शिव र करिश्माका सन्तानको ‘एउटा यस्तो प्रेमकहानी’



रंगखबर, काठमाडौँ – अभिनेता शिव श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरका छोरा-छोरीले डेब्यु गर्ने पक्का भएको छ । शिवका छोरा शक्ति श्रेष्ठ र करिश्माकी छोरी कबिता मानन्धरले डेब्यु गर्ने फिल्म ‘एउटा यस्तो प्रेमकहानी’को राजधानीमा एक प्रेसमिट गरि अफिसियल जानकारी बाँडियो ।

दिपेश सापकोटाले निर्देशन गर्ने फिल्ममा यो जोडीको मुख्य भूमिका रहनेछ । प्रेसमिटमा फिल्मको टिजर पनि सार्वजनिक गरिएको थियो । जुन टिजरमा शक्ति र कबिता प्रस्तुत छैनन् ।

फिल्ममा यी दुई सँगै शिव श्रेष्ठसहित प्रियंका कार्की, बर्षा राउत, आयुशमान देशराज जोशी, संजोग कोइराला, बसुन्धरा भुसाल, किरण केसी, अंग तम्बे शेर्पा, नरेन केसी, मिथिला शर्मा, बिष्णु चेम्जोङ, रेखा फागु, धुर्व कोइरालाको अभिनय रहनेछ ।

 

रिभेन्ज लभस्टोरी ‘एउटा यस्तो प्रेमकहानी’मा शिव श्रेष्ठ कथा, उज्जल ढकालको सम्पादन, बसन्त सापकोटा/अर्जुन पोखरेल/सन्तोष राजुराको संगीत, सुजन प्रजापतीको छायाँकन, रोशन भट्टराई र अष्ट महर्जनको द्वन्द रहनेछ ।

शिव श्रेष्ठ, दिनेश दर्शनधारी र यसोदा राई निर्माता रहेको फिल्ममा सुनिल कटुवाल, रामनारायण चौधरी, दिनेश थापा, सुजन गौतम, खुम तामाङ र तारा तुलाधर सहनिर्माता स्वरूप रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्