विपिन कार्कीको फेरी अर्को अवतार (हरि ट्रेलर)



रंगखबर,काठमाडौँ- अभिनयमा अब्बल मानिने अभिनेता विपिन कार्कीले पछिल्लो पटक अभिनय गरेको चलचित्र ‘हरि’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। विहिबार राजधानीमा पत्रकार सम्मेलन गराउदै निर्माण टिमले सो प्रचार सामाग्री छोडेको हो। यस अघि छोडेको चलचित्रको टिजर दर्शकहरु माझ लोकप्रिय भै सकेको छ। सार्वजनिक ट्रेलर अभिनेता विपिन कार्कीलाई केन्द्रित गरेर बनाईएको छ भने उनको बदलिदो अवतार पनि दर्शकले देख्न पाउनेछन।
टिजर हेर्नुस :

चलचित्रको बारे जानकारी दिने क्रममा अभिनेता विपिन कार्की भन्छन ‘मैले आज्ञ सम्म अभिनय गरेका चलचित्रहरु मध्ये यस चलचित्रमा गरेको अभिनय एकदमै राम्रो लागेको र चलचित्रले राम्रो व्यापार गर्न नसके पनि फेरी-फेरी यस्तो भूमिका आएमा पुन: सोहि प्रकारको चलचित्र खेल्नेछु।’

यहि जेष्ठ १८ गतेबाट देशभर एकसाथ प्रदर्शन हुन् लागेको चलचित्रमा कथा तथा निर्देशन सफल कार्की र प्रतिक गुरुङको रहेको छ। योगेश्वोर पौडेल, थक्पा तामाङ र माधव थापाको लगानीमा बनेको चलचित्रको छायांकन चिन्तन राज भण्डारीको रहेको छ।

विपिनका अलावा चलचित्रमा सुनिता श्रेष्ठ, कमल मणि नेपाल, थिन्ले ल्हमो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य, प्रकाश गन्दारी आदि कलाकारहरुको मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्