‘जाइरा’मा सबैलाई चकित पार्ने लूक्स लिएर आईन नम्रता



काठमाडौँ। अभिनेत्री नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘जाइरा’मा उनको अवतार र भूमिका सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गराउदै निर्माण टिमले  यी अभिनेत्रीको लूक्स र प्रदर्शन मिति  घोषणा गरेको हो  ।

प्राय: सबै चलचित्रहरुमा प्रेमिका को भूमिकामा देखा पर्ने नम्रता यो चलचित्रमा भने मार्शलआर्ट खेलाडीको रुपमा देखा पर्दै छिन चलचित्रबाट राम्रो आशा राखेकी उनले चलचित्रकै लागि भनेर कपाल काटेकी र सिक्स प्याक पनि बनेकी छिन

ट्रेन्ड सेटर्स र हाईलीहाईको ब्यानरमा निर्माण भएको चलचित्रमा  आतुशोत श्रेष्ठको कथा/निर्देशन छ । प्रशन्न गोपाली कार्यकारी निर्माण,  लोकेश बज्राचार्यको सम्पादन, कल्याण सिंह/डिजे राजु/टम्ब्लीविडको संगीत, सम्राट बस्नेतको द्वन्द, राउल मोक्तान/मेघवार चेम्जोङको द्वन्द कोरियोग्राफी, बाबु श्रेष्ठको डिओपी र केशव थापाको नृत्य निर्देशन रहेको चलचित्रमा नम्रताका अलावा सृजना रेग्मी, सम्राट मगर, अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठको पनि अभिनय रहेको । चलचित्र आउँदो मङ्सिर १४ गतेबाट देशब्यापी रुपमा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्