‘मट्टी माला’को आईटम गीतमा प्रियंकाको ठुम्का – भिडियो हेर्नुस



रंगखबर,काठमाडौँ- पौरखी फिल्म्सको प्रस्तुती तथा टेक पौरखी राईको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘मट्टी माला‘ को  ‘बेची दिन्थ्ये यो जवानी’ गीत सार्वजनिक भएको छ। गायक बिक्रम राई र गायिका बबिना किराँतीको आवाजमा रहेको उक्त गीतमा जानु काम्बांग लिंग्देनले शब्द भरेका छन्।  सुमन राईको संगीत रहेको गीतमा प्रियंका कार्कीको सेक्सी अन्दाज साथै प्रियंका सँगै बुद्दी तामांगलाई पनि ठुम्का लगाएको देख्न सकिन्छ । कमेडी अवतारमा देखिने बुद्दी उक्त गीतमा फरक शैलीमा आफ्नो डान्स देखाउँदै गरेको देख्न सकिन्छ । गीतलाई कबिराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

यहि जेष्ट २५ मा रिलिज हुन गई रहेको उक्त चलचित्रमा  बुद्दी तामाङ, संघ्या श्रेष्ठ, रजनी गुरुङ, प्रियंका कार्की तथा पृथ्वी राई मुख्य भूमिकामा देखिएका छन् । पृथ्वी राईले निर्माण गरेको ‘मट्टी माला‘मा  अनिल कुमार महर्जनको छायांकन, टेक पौरखी राईको पटकथा तथा सम्बाद रहेको छ । गत जेठ २ मा आधिकारीक रुपमा युटुबमा ट्रेलर रिलिज गरिएको उक्त फिल्म आगामी जेष्ट २५ मा देशभर प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्