आजबाट ‘सुनाकेसरी’ले देशैभर तर्साउदै



रंगखबर, काठमाडौँ- अभिनेत्री तथा निर्मात्री रिचा शर्माले पछिल्लो पटक निर्माण तथा अभिनय गरेको चलचित्र ‘सुनकेसरी’ आजबाट देशभर प्रदर्शनमा आएको छ। बिहिबार राजधानीमा प्रिमियर सम्पन्न गरेको चलचित्रले यो साता सोलो रिलिजको मौका पाएको हो । प्रिमियरमा उपस्थित भएका प्राय: सबै दर्शकहरुलाई तर्साईसकेको ‘सुनकेसरी’ अब भने देशभरका दर्शकहरु माझ पुगेको छ। देशभरका हलहरुमा अत्यधिक सो पाएको चलचित्र अहिले आक्रामक रुपमा प्रदर्शन भैरहेको छ ।अर्पण थापा निर्देशित चलचित्र हरर जनराको भएर पनि दर्शकहरुको हल सम्ममा निर्माण टिम ढुक्क छ ।

तीन पात्रहरुको भुतप्रेतसँग हुने चहलपहल माथि आधारित  चहलपहल माथि आधारित चलचित्रमा ऋचासँगै रविन्द्र झा, सन्नी ढकाल, लॉरेन लॉफबर्गको मुख्य भूमिका छ । भिम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटाले निर्माण गरेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा/विजय अधिकारीको संगीत, रह शर्माको छायाँकन र इयान स्कॉट क्लेमेंटको सम्पादन रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्