‘चिमुसिची’को पहिलो गीतमा सुनिल र अलिसाको हट अवतार – भिडियो



रंगखबर, काठमाडौँ- नेपाली ठिटोजका कोरियोग्राफर सुनिल क्षेत्रि  र भारतीय रियालिटी शो स्प्लिट्सभिल्लाकी प्रतिष्पर्धी समेत रहेकी मोडल अलिसा शर्माले डेब्यु गरेको फिल्म ‘चिमुसिची’को पहिलो गीत सार्वजनिक भएको छ। आइतबार निर्माण टिमले राजधानीमा पत्रकार सम्मेलन गराउदै ‘तिमीले माग्छौ भने’ बोलको गीत सार्वजनिक गरेको हो। गीतमा  अन्जु पन्त र युवराज चौलागाईले आवाज दिएका छन्।

भिडियो हेर्नुस:

सुरज अधिकारीको संगीत तथा शब्द रहेको उक्त गीतमा नायक सुनिल क्षेत्रि आँफैले कोरियोग्राफ गरेका हुन् । फिल्मलाई दिनेश श्रेष्ठले  निर्देशन गरेका हुनभने कथा तथा पटकथा पनि उनैको रहेको छ। फिल्ममा सुनिल क्षेत्रि र अलिसा शर्मा बाहेक शुसान्त कार्की,शशांक बश्याल,शेखर सुवेदी तथा शिवराज कार्कीको पनि अभिनय रहेको छ।

फिल्मको छायाँकन बासु न्यौपाने ,  भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा  अरुण गुरुङ,महेश्वर खत्री,सुवाष भुर्तेल,डब बहादुर गुरुङ  गरी जम्मा ४ जनाको लगानी रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्